विपिन दाहाल
धनकुटा । भीमदल गणद्वारा विपद् जाेखिम न्यूनिकरण व्यवस्थापन एकिकृत अभ्यास हातेमालाे-५ कार्यक्रम सम्पन्न हालको मनसुनको समयमा वाढी, पहिराे, भु-क्षय जस्ता घटनाहरूबाट हुन सक्ने सम्भावित क्षतिलाई न्युनिकरण गर्न तथा प्रभावकारी रूपमा विपद् ब्यवस्थापन गरी जनधनकाे क्षति हुनबाट बचाउन जिल्लामा रहेका सबै सराेकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरि जाेखिम न्युनिकरण र ब्यस्थापनमा सहज हाेस् भन्ने लक्ष्यले नेपाली सेना भीमदल गण र श्री जिल्ला प्रशासन कार्यालय धनकुटाको सह-आयोजनामा जिल्ला स्तरिय एकीकृत ” अभ्यास हातेमालाे-५” सम्पन गरेकाे छ।
प्रमुख जिल्ला अधिकारिको अध्यक्षता सम्पन्न कार्यक्रममा विपद् पूर्व, विपद्काे समयमा, विपद् प्रश्चात आइपर्ने समस्या तथा चुनौतीहरुलाई सबै सरोकारवाला निकायहरूको सहकार्यमा उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गरि योजनावद्ध रुपमा कसरी प्रभावकारी विपद् व्यवस्थापन गर्ने भन्ने लगायतको विषयमा सफल गरिएको थियो ।
भीमदल गण धनकुटाको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा गणमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, रेडक्रस, उद्योग वाणिज्य संघ, स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सरोकारवालाहरुको सहभागितामा LEOC, DEOC र PEOC स्थापना गरि काल्पनिक कथामा आधारित भएर टैक्स अभ्यास समेत गरिएको थियो । त्यसै गरि प्रतिकार्य अभ्यासमा योज उद्वार लागि आवश्यक पर्ने सामाग्रीहरु पनि प्रर्दशन गरिएको थियो ।
नेपाली सेनाले राष्ट्रिय विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा जोड दिँदै विभिन्न तहमा एकिकृत अभ्यासहरू गर्दै आए अनुसार धनकुटामा पनि विभिन्न संघ संस्थाका सरोकारवालाहरुसँग समन्वय, छलफल, खोज, उद्वार तथा राहत वितरणदेखि लिएर पुनर्स्थापना कसरी गर्ने भन्ने विषयमा केन्द्रित भएर काल्पनिक कथामा अभ्यास गरिएको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताए ।
गणपति थापाले यस किसिमको अभ्यासले मनसुनले निम्त्याउन सक्ने विपदमा सामुहिक रुपमा समन्वय र सहकार्य गरेर विपद प्रतिकार्यमा परिचालन हुन सहजता ल्याउने समेत जानकारी दिए । हालको मनसुन र बदलिदो मौसमबाट हुने विपद्का घटनाहरुले श्रृजना गर्न सक्ने क्षतिलाई यस किसिमको अभ्यासले प्रतिकार्य गर्न र क्षति न्युनिकरण गर्नको लागि प्रभावकारी भूमिका निभाउन सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी श्री थानेश्वर गौतमले बताए ।
प्रमुख जिल्ला अघिकारी गौतमले हरेक मनसुनको समयमा भौतिक तथा मानवीय क्षति पुर्याउदै आएको बताउदै प्रतिकार्य अभ्यास सहितको सरोकारवालाहरुको छलफलले खोज, उद्धार पुनस्थापना देखि लिएर जनधनको क्षति भएमा समेत राहत वितरण प्रक्रियालाई पनि सहज बनाउनु पर्ने बताए ।
यस प्रकारको अभ्यासबाट विपद् प्रतिकार्यको लागि क्रियाशील सुरक्षा निकायहरु लगायत जिल्लास्थित सम्पुर्ण सरोकारवाला निकायहरु बीच प्रभावकारी समन्वय एवम् सहकार्य गर्न थप मद्दत पुग्न गई आगामी दिनहरुमा जिल्लामा घट्न सक्ने विपद्का घटनाहरुलाई मध्यनजर गर्दै आपसी समन्वयमा पूर्व तयारी एवं विपद्को घडिमा विपद् प्रतिकार्य तथा न्यूनिकरणमा टेवा पुग्न जाने देखिन्छ ।