धनकुटा । कवि जुनु घिमिरेको कविता संग्रह “पसिनाको घर” एक कार्यक्रमका विच शुक्रवार लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार, समाजसेवी गर्गाचार्य समुदायीक विश्वभाषा पुस्तकालायका संरक्षक टिकाप्रसाद लामिछाने, कार्यक्रमका बिशेष अतिथी धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक डा. यज्ञप्रसाद गुराँगाई, कविकी आमा बिमला घिमिरे लगायतले कविता संग्रहको लोकार्पण गरेका हुन् ।
कविता संग्रहको बिवेचना गर्दै डा यज्ञप्रसाद गुराँगाइले कविता संग्रहले जीवन भोगाइका बिषयलाई समेटेको बताउँदै कविता संग्रह उत्कृष्ट रहेको धारणा राखे । लोकार्पण गरिएको पुस्तकमा ४२ वटा कविता संग्रह समावेश गरिएको छ । जीवनचक्रमा देखेका सुनेका र भोगेका बिषय बस्तु लाई सिर्जना गरेर कविता संग्रह तयार पारिएको कवि घिमिरेले बताइन् ।
सल्लेरी साहित्य संगमको आयोजनामा गरिएको कार्यक्रमको संयोजन ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा नं ७ समितले गरेको थियो । कार्यक्रममा कवि तथा साहित्यकार भोलानाथ घिमिरे, गर्गाचार्य विश्वभाषा पुस्तकालायका अध्यक्ष घनश्याम बराल, धनकुटा बहुमुखी क्यापसका सहायक क्यापस प्रमुख मानबहादुर भण्डारी, शिक्षासेवी दामोदर दाहाल, ज्येष्ठ नागरिक टिकाप्रसाद घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, साहित्यकार बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा स्वागत मन्तव्य ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा न ७ का अध्यक्ष बुद्धिकान्त घिमिरेले गरेका थिए । कार्यक्रमको सभापतित्व सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारी र कार्यक्रमको संचालन देवकला कार्कीले गरेकी थिइन् ।