धनकुटा । धनकुटा उद्योग वाणिज्य संघले हिले बजारका उद्योगी व्यापारी तथा व्यवसायीहरुको लागी वित्तिय संस्थाहरु र बैंकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै हिलेमा माग पुरा नभए बैक तथा वित्तिय संस्थाहरुमा धर्ना, तालाबन्दी गर्ने चेतावानी दिएको छ ।
कोरोनाको माहामारी लगत्तै रुस र युक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले मन्दी भएको व्यापार व्यावसायले गर्दा चरम आर्थिक मारमा परेकोले ऋणको किस्ता बुझाउन नसकेकोले ऋणको व्याज घटाउन र कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया तत्काल बन्द गर्ने माग गर्दे धनकुटा उद्योग बाणिज्य संघले सवै धनकुटाको हिले बजारमा रहेका वितिय संस्थाहरु र बैकहरुमा गई ज्ञापन पत्र बुझाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष खगेन्द्र विष्ट, सचिव रामबहादुर रायमाझी, पूर्वअध्यक्ष लालचन्द्र गोङ्वा, निर्वतमान उपाध्यक्ष रुकमान तामाङ, कार्यकारी सदस्यहरु दिजेश शाक्य, नगेन्द्र काफ्ले, यूवा व्यवसायी तथा वरिष्ठ समाजसेवीहरु अमित लो तामाङ, शान्ति खड्का, ईन्द्र तितुङ्ग लगायतका हिले बजारका व्यापारीहरु, कार्यालय सचिव मातृका राई लगायतका उद्योगी व्यापारी तथा व्यावसायीहरु हिले बजारमा वित्तिय संस्थाहरु र बैंकहरुमा गई ज्ञापन पत्र बुझाएका थिए ।
हिले बजारमा रहेको ग्लोबल आईएमई बैक, राष्ट्रिय बाणिज्य बैक, माछापुच्छे बैक, सप्तकोशी वैक, एनआईसि एसिया बैक, लक्ष्मी बैक, हिमालयन बैक, नबिल बैक हिले शाखा, जीवन विकास लघु वित्त हिले शाखा, निर्धन उत्थान लघुवित्त बितिय संस्था हिले, मेरो माईक्रो फाईनन्स लघु वित्त, स्वावलम्बन वित्तिय सस्था हिले, डिप्रोक्स लघुबित्त हिले र नेरुडे लघुवित्त वितिय संस्था हिले शाखामा गई प्रवन्धकहरुलाई ज्ञापन पत्र धनकुटा उद्योग बाणिज्य संघले बुझाएको हो ।
बैकको ऋणको किस्ता बुझाउन नसक्दा बैकको दवाव सहन नसकेका कारण व्यावसायीहरु तनावमा परेको र कतिपय व्यवसायीहरुले आत्माहत्या समेत गरेकाले बैक तथा वित्तिय संस्थाहरु बिरुद्ध आन्दोलन गर्न बाध्य भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए । आन्दोलनको क्रममा माग पुरा नभए अव बैक तथा वित्तिय संस्थाहरुका कार्यालयहरुमा धर्ना जुलुस र तालाबन्दी समेत गर्ने धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।