धनकुटा । सहिद भीमनारायण श्रेष्ठ पूर्वको तारा भएको उनको ८६ औ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा श्रेष्ठका जेठा सुपुत्र मनोज नारायण श्रेष्ठ, नेपाली काग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, महासमिति सदस्यहरु गंगाराम ढुंगाना, महेन्द्र निरौला, धनकुटा नगरपालिका वडाध्यक्षहरु रोशेष श्रेष्ठ, मिलन खड्गी, धनकुमार राई, नगर उपसभापति अषिशेक कर्माचार्य, पूर्वजिल्ला सदस्य विष्णु पौडेल, कार्यपालिका सदस्य भोगेन्द्र राई, गोविन्द्र राई, सदस्य टिका श्रेष्ठ, बेनु वस्नेत समाजेवीहरु सत्यनारायण श्रेष्ठ, कृष्ण श्रेष्ठ, धिरेन्द्रलाल श्रेष्ठ, रामनारायण श्रेष्ठ, मोहन घिमिरे, कपिल थापा लगायतले सहिद भीमनारायण श्रेष्ठको योगदानको वारेमा चर्चा गर्दै उनी पूर्वकै तारा भएको वताएका थिए ।
कार्यक्रमका सहभागीहरुले धनकुटा नगरपालिका वडा नं ६ भीमनारायणमा चाेकमा रहेकाे सहिद श्रेष्ठको सालिकमा फुलमाला अर्पण गरि श्रद्धासुमन व्यक्त गरेका थिए ।
कार्यक्रममा सहिद भीमनारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । १९९४ साल आषाढ २४ गते धनकुटामा जन्मिएका सहिद भीमनारायण श्रेष्ठलाई २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा विरेन्द्र सवारी हुदा बम प्रहार गरेको अभियोगमा गिरफ्तार गरी कठोर जेल सजाय दिए २०३५ साल माघ २६ गते तत्कालीन शासकले मृत्यु दण्ड दिई गोली प्रहार गरी हत्या गरेको थियो । गणतन्त्रको स्थापना पछि २०७२ सालमा गणतान्त्रिक सरकारले प्रजातान्त्रिक योद्धा पुर्वको तारा भीम नारायण श्रेष्ठलाई सम्मान गर्दै सहिद घोेषणा गरेको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।