धनकुटा । जिल्लाका उद्योगी, व्यापारी तथा व्यवसायीहरुको लागी धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको कर शिक्षा तथा बैकिङ नितिको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मन कुमारी तितिङ्गले राखेकी थिइन् । कार्यक्रमको महत्वको वारेमा सचिव राम वहादुर रायमाझीले प्रकाश पार्दै कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा करदाता सेवा कार्यालय धनकुटाका प्रमुख भक्त राज निरौलाले कर नीति र कर प्रमाणिकरणको वारेमा, बैकिङ् निति लगानी र असुलीको सम्वन्धमा सरकारी बैकहरुको तर्फबाट राष्टिय बाणिज्य बैक धनकुटाका साहायक प्रवन्धक चन्द्रकला वस्नेत, निजी बैकहरको तर्फबाट सिद्धार्थ बैक धनकुटा शाखका प्रवन्धक सुरेश कार्की र लघु वित्तीय संस्थाहरुको तर्फबाट जीवन विकास लघु वित्तिय संस्थाका प्रदेश प्रमुख सावित्रीदेवी श्रेष्ठले सहजीकरण गर्दै उक्त विषयहरु प्रस्तुत गरेका थिए ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु अम्विका धमला, रिदम श्रेष्ठ, सुनिता थापा, व्यवसायीहरु सत्यनारायण श्रेष्ठ, कल्याण भक्त श्रेष्ठ, प्रकाश राई, माधव प्रधान कार्यालय सचिव मातृका राई लगायतले आ-आफ्नो धारणा राखेका थिए ।