धनकुटा । नेपाल महिला संघ धनकुटाले महिला संघको संगठन सुदृढीकरण, नेतृत्व विकास सम्वन्धि छलफल तथा अन्तक्रिया कार्यक्रम सहित जिल्ला र नगरको संयूक्त बैठकको आयोजना गरेको छ ।
संविधान सभा सदस्य तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाको अध्यक्षतमा सम्पन्न भएको महिला संघको संगठन सुदृढीकरण, नेतृत्व विकास सम्वन्धि छलफल तथा अन्र्तक्रिया कार्यक्रम सहित भएको जिल्ला र नगरको संयूक्त बैठकमा नेपाली कांग्रेस धनकुटका संगठन विभाग प्रमुख तथा जिल्ला सचिव विजय सन्तोषी राईले महिला नेताहरुको संभावना ठूलो भएकोले महिलाहरुले क्षमता विकास गर्न लाग्नु पर्नेमा जोड दिदै संगठन सुदृढीकरण र नेतृत्व विकास सम्वन्धि सहजीकरण गरेका थिए ।
नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला, सचिव सगिता चापागाई, नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. १० का सभापती अमर वहादुर खनाल, साँगुरीगढी गाउपालिका वडा नं ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु, वडासभापति कृष्ण लिम्बु, नेपाल महिला संघ धनकुटाका सह-सचिव जानुका सुन्दास, सदस्यहरु मन्दिरा भट्टराई, दुर्गा परियार, शोभा वस्नेत, आशा विक, नगर सभापति राधा बजगाई सचिव स्वस्थानी यादव, कृष्णमाया श्रेष्ठ, पवित्रा पाँचकोटी लगायतले संगठन सुदृढीकरण र नेतृत्व विकासका लागि प्रशिक्षण आवश्यक भएको वताए ।
धनकुटामा नेपाल महिला संघको संगठन विस्तार तथा सुदृढीकरण गर्दै महिलाहरुको नेतृत्व विकासका लागी महिला संघले विभिन्न कार्यक्रमहरु संचालन गर्ने महिला संघकी जिल्ला सचिव संगिता चापागाईले वताए ।