धनकुटा । नेपाली कांग्रेस चौविसे गाउँपालिका उपसभापति कमल वरालका पिता गोविन्दप्रसाद वरालको हालै निधन भएकोमा नेपाली कांग्रेस धनकुटा सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, धनकुटा प्रदेश सभा क क्षेत्रीय सभापति तथा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, नेपाली कांग्रेस चौविसे गाउँपालिका सभापति बिजु राई, धनकुटा नगरकार्य पालिका सदस्य दिल कुमार राईको तर्फबाट समवेदना पत्र स्वर्गीय गोविन्द्र प्रसाद वरालको परिवारजनमा प्रदान गर्दै स्वर्गीय वरालप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
चाैविसे गाउँपालिका वडा नं. ४ घर भई ७७ बर्षको उमेरमा निधन भएका स्वर्गीय वरालको श्रीमती लिलावती वराल, छोराहरु नेपाली कांग्रेस चौविसे गाउँपालिका उपसभापति कमल वराल र प्रकाश वराल, छोरीहरु विष्णु वराल काफ्ले, देवी वराल घिमिरे, राधिका वराल भट्टराई, इन्दिरा वराल पौडेल, चन्दा वराल दाहाल, गिता भट्टराई, वुहारीहरु खोमा वस्ती वराल र गिता वराल तथा नाती नातिनिहरु छन् ।
नेपाली कांग्रेस चौविसे गाउँपालिका उपसभापति कमल वरालको पिता धनकुटा काग्रेसका अभिभावक समाजसेवी स्वर्गीय वरालको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।