धनकुटा । ४१ औं बिपी स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस धनकुटाले पुष्प तथा बृक्षारोपण, नेपाल तरुण दलले विद्यार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक समाग्री र नेपाल विद्यार्थी संघले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको पुष्प तथा बृक्षारोपण कार्यक्रमममा नेपाली कांग्रेस धनकुटाका पार्टी कार्यालय सहिद भीमनारायण स्मृति भवन परिसरमा नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राई, सचिवद्वय विजय सन्तोषी राई, विकास घिमिरे, नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य युवराज पराजुली, उपाध्यक्ष चिरिञ्जीवी थापा, सदस्य भरत श्रेष्ठ, नेपाल शिक्षक संघ धनकुटका सचिव रोहीणी पाण्डे, कार्यपालिका सदस्यहरु दिल कुममार राई, भोगेन्द्र राई लगायतले विभिन्न जातका फुल तथा विरुवाहरु रोपेका थिए ।
यसैगरी बिपी जयन्तीकै अवसरमा नेपाल तरुण दल धनकुटाले बाल पुर्नस्थापना केन्द्र श्रीपंचमी पार्क धनकुटाका बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।
उक्त कार्यक्रममा जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव तथा तरुण विभाग प्रमुख विजय सन्तोषी राई, जिल्ला सचिव विकास घिमिरे, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत, युवराज पराजुली, नेपाली कांग्रेस धनकुटाका जिल्ला सहसचिवहरु रोशन श्रेष्ठ, श्रीराम वहादुर रायमाझी, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई, सुमना तिम्सिना, नेपाल महिला संघका पूर्वकेन्द्रिय सदस्य टिकादेवी भण्डारी, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु अम्विका धमला, रमेश वस्नेत, मनोज राई, अम्विका परियार, क्षेत्रीय उपसभापती क्षेत्र नं. १ मिलन कुमार खड्गी, नगर सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ, नगर सदस्य मञ्जु आचार्य, वडा उपसभापती गोविन्द्र राई, कार्यपालिका सदस्यहरु दिल कुमार राई, भोगेन्द्र राई, नेपाल तरुण दलका धनकुटाका उपाध्यक्ष चिरञ्जिवी थापा, सदस्य भरत श्रेष्ठ, नेविसंघका नेताहरु सुवास भण्डारी, सुवास खनाल, क्याम्पसका कार्यवहाक अध्यक्ष रञ्जन काकी, सचिव युवराज कार्की, नेपाल तरुण दल वडा नं.१ का अध्यक्ष अर्जुन घले, सदस्य किरण तामाङ, बाल पुनर्स्थापना केन्द्रका कमल कुमार लामिछाने लगायतले विपीको योगदानको वारेमा चर्चा गर्दै बाल पुर्नस्थापना केन्द्रका बाल बालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक समाग्रीहरु वितरण गरेका थिए ।
यसैगरी नेपाल तरुण दल धनकुटाले सोही अवसरमा महिला पुनर्स्थापना केन्द्र धनकुटामा रहेका विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । बिपी स्मृति दिवशकै अवसरमा नेपाल विद्यार्थी संघ, धनकुटा वहुमुखी क्याम्पसले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, महासमिति सदस्य सुमना तिम्सिना, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली, जिल्ला सदस्य भरत श्रेष्ठ, धनकुटा नगरपालिका कार्यपालिका सदस्य भोगेन्द्र राई, नगर सदस्य मञ्जु आचार्य, स्वतन्त विद्यार्थी युनियन धनकुटा वहुमुखी क्याम्पसका उपसभापति सुवास भण्डारी, सचिव सुवास खनाल, नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष रञ्जन कार्की, सचिव युवराज कार्की लगायतका विद्यार्थी नेताहरुले नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका तर्फबाट धनकुटा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेका थिए ।
तिनवटै कार्यक्रमहरुलाई सम्वोधन गर्दै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले बिपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएकोले बिपीको विचारबाट अगाडी बढे मुलुकको अहिलेको सवै समस्या समाधान हुने बताए ।