काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको अध्यक्षमा राजु कुमार श्रेष्ठ निर्वाचित भएका छन् । २१ जुलाई २०२३ मा बहराईनको जुफेरस्थित रोमीरोज होटलको सभाहलमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, बहराइनको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा श्रेष्ठ सर्वसम्मतले विजय भएका हुन् ।
अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि श्रेष्ठलाई निर्विरोध अध्यक्ष पदमा चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थ भण्डारी, उपाध्यक्षमा भावना आचार्य, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशीला खत्री चयन भएका छन् । त्यसैगरी महासचिवमा संगीता खत्री, सचिवमा भुवन बिमली, सहसचिवमा नेत्रप्रसाद गैरे, कोषाध्यक्षमा, दीपक कुमार कर्ण र सहकोषाध्यक्षमा बासुदेव प्याकुरेल चयन भएका छन् ।
यस्तै, युवा संयोजकमा अमृत देवकोटा, संयोजकमा पवित्रा श्रेष्ठ, पर्यटक संयोजकमा अच्युतराज तिम्सिना र खेल संयोजकमा माशिव वि.क चयन भएका छन् । महिला सदस्यमा अमृता सामेखम चुनिएकी छिन् ।
त्यसैगरी, समिति सदस्यहरूमा लक्ष्मी नारायण श्रेष्ठ, लक्ष्मण वि.क, अनन्त अर्याल, विशाल खरेल, रामप्रसाद पुडासैनी, टेकमान वि.क र गणेश बहादुर थापा रहेका छन् । आईसीसी सदस्यमा बिरेन्द्र बुढाथोकी चयन भएका छन् ।