विपिन दाहाल
धनकुटा । रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
नाम्जेस्थित होम स्टे सामुदायिक हलमा सम्पन्न साधारण सभाको उद्घाटन साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । कार्यक्रममा वोल्दै अध्यक्ष राईले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म समृद्धि हासिल हुननसक्ने बताए । प्रोत्साहन नगरेसम्म देश नवन्ने, गाउँठाउँ वन्न नसक्ने उनको भनाई थियो । साँगुरीगढी गाउँपालिका पर्यटकीय क्षेत्रको हिसावले सम्भावना भएको ठाउँ भएकाले निजी क्षेत्रलाई गाउँपालिकाको तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा गतआर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना रिडी नाम्जे इको रिसोर्ट प्रा.लि संचालक समितिका अधयक्ष शारदा मगर, आर्थिक प्रतिवेदन संचालक समितिका सदस्य झकेन्द्र घर्ती मगरले प्रस्तुत गरेका थिए । कार्यक्रमा रिडी ग्रुप लिमिटेडका अध्यक्ष तथा रिसोर्ट संचालक मानवहादुर मगरले कम्पनीको वारेमा जानकारी दिएका थिए ।