धनकुटा । भेडेटार होटल एशोसिएसनको पाँचौ साधारणसभाले तुमराज लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
साँगुरीगढी गाउँपालिका केन्द्र भेडेटारमा सोमवार सम्पन्न एशोसिएसनको साधारण सभाले लिम्बूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन हो ।
समितिको उपाध्यक्षमा सीता गुरुङ, सचिवमा लालवहादुर श्रेष्ठ, सह–सचिवमा यामन सुब्बा र कोषाध्यक्षमा गोविन्द थापा, सदस्यहरुमा विलियम श्रेष्ठ, दिपेन सुब्बा, नेमिता आङबुहाङ, प्रमिला सुब्बा, कविता लावती, तारा राई, पर्शुराम थापा, रमेश बोहोरा, नवराज थापा र सुनिता खड्का चयन भएका छन् ।
एशोसिएसनले हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटार फुड फेस्टिवलको आयोजना गर्दै आइरहेको छ । भेडेटार, नाम्जे, थुम्की लगायत स्थानमा साना देखि स्तरीय दुई भन्दा बढी होटलहरु संचालनमा छन् । एशोसिएसनमा ७० जना सदस्य आवद्ध छन् ।
साधारण सभामा एशोसिएसनका निवर्तमान अध्यक्ष एवम् साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, साँगुरीगढी गाउँपालिका वडा नं. ६ वडाध्यक्ष यमप्रकाश मगर लगायतले नयाँ कार्य समितिलाई बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।