धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ बेलहरामा प्रथम श्री थानी नकआउट फुटबल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ।
थानी युवा क्लब बेलहराको आयोजनामा स्थानीय खेल मैदानमा सुरु भएकाे प्रतियोगितामा आयोजक सहित ३० स्थानीय क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले उद्घाटन गरेका थिए ।
उद्घाटनको पहिलो दिन मंगलवार ३ खेल सम्पन्न भएका छन् । जसमा पहिलो खेलमा बिहानी यथ क्लब सुकेआहालले आयोजक विलाई ० का विरुद्ध १ गोलले पराजित गरेको छ । यस्तै दोस्रो खेलमा छिन्गुछिन्गु एले तमोर युथ क्लब ए लाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ । यता तेस्रो खेलमा किराँत आठपहरिया युथ क्लबले एट युनिटीलाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।
यस्तै प्रतियोगिताको दोस्रो दिन ७ वटा खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र र दोस्रो पुरस्कार नगद २५ हजार ट्रफी मेडल प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।