धनकुटा । तोकिएको समय अगावै निर्माण सम्पन्न गरेपछि धनकुटाका निर्माण व्यवसायी सन्तोष राई (सन्तबहादुर राई) मोरङमा सम्मानित भएका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ रमाईलो स्थित जनसेवा माध्यमिक विद्यालयको तीन तले शिक्षण भवन निर्माण तोकिएको समयभन्दा एक वर्ष पाँच महिना अगाडि नै सम्पन्न गरेपछि सारासृष्टि निर्माण सेवा प्रालिका प्रोपाइटर सन्तोष राई सम्मानित भएका हुन् ।
समयमै काम सम्पन्न गरेर उदाहरणीय वनेको भन्दै जनसेवा माध्यमिक विद्यालयले मंगलवार भवन उद्घाटनको अवसर पारेर निर्माण व्यवसायी राईलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
आफूले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्ने जिम्मेवारीको साथ आफूले काम गरेको र सोही अनुरुप चाँडो सम्पन्न गर्न सफल भएको उनले बताए ।
करिव ४ करोड ९९ लाख कुल लागतको उक्त भवन २०७९ साल असार १६ गते निर्माणको काम प्रारम्भ भएको थियो । भवन निर्माणको अवधि तीन वर्षको थियो । तर उक्त भवन निर्माण सम्पन्न गर्न तोकिएको समय भन्दा एक वर्ष पाँच महिना अगावै २०८० साल मंसिर १९ गते सम्पन्न भएको हो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रम अन्र्तगत जनसेवा माध्यमिक विद्यालयमा उक्त भवन निर्माण भएको थियो ।