धनकुटा । साँगुरीगढी गाउँपालिकाले दुई वटा सामुदायिक विद्यालयमा सौर्य विद्युत प्रणाली (सोलार) जडान गरिदिएको छ ।
संघीय सरकारको शसर्त अनुदानको राष्ट्रिय ग्रामीण तथा नविकरणीय उर्जा कार्यक्रम अन्र्तगत साँगुरीगढी गाउँपालिका वडा नं. २ स्थित रामनवमी माध्यमिक विद्यालय र वडा नं. ७ स्थित गोलखाडी माध्यमिक विद्यालयमा सोलार प्यानल जडान गरिएको हो ।
संघीय सरकारको शसर्त अनुदान कार्यक्रम अन्र्तगत विनियोजित ८ लाख रुपैया बजेटबाट विद्यालयको मागको आधारमा जडान गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
विद्युत आपूर्ति वन्द भएको बेला सोलारले कम्प्यूटर कक्षा संचालन, शिक्षण सिकाइमा सहज र विद्युतीय काममा सहयोग पुग्ने विश्वास रहेको रामनवमी विद्यालय व्यवस्थापन समितिका सदस्य रमेश इवाहाङले बताए ।