धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ कर्मिटारस्थित एक घरमा आगलागी हुँदा ११ लाख रुपैया वरावरको आर्थिक क्षति भएको छ । आइतवार दिउँसो कर्मिटारस्थित विश्वबन्धु थापाको घरमा आगलागी भएको थियो ।
घर नजिकै रहेको गोठमा खोले पकाउने क्रममा सल्केको आगोबाट घरायसी सामानहरु लत्ताकपडा, अन्नपात, खाद्यान्न, भाडाकुँडा, गाइगोठ र पराल गरी जम्मा ११लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
धनकुटा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए ।
![](https://i0.wp.com/www.dhankutanews.com/wp-content/uploads/2023/12/aaglagi-1.jpg?resize=744%2C335&ssl=1)