धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ तुंखामा आयोजना भइरहेको प्रथम मंसिर पूर्णिमा आमन्त्रित फूटवल कप प्रतियोगिता अन्र्तगत सोमवार सम्पन्न खेलमा थाप्रोङ फुटवल क्लव, लाप्चेटार फुटवल क्लव र मौनावुधुक फुटवल क्लव विजयी भएका छन् ।
पहिलो खेलमा फाक्सिव फुटवल क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै लाप्चेटार विजयी भयो । उक्त खेलको म्यान अफ दी म्याच दिवश लिम्बू घोषित हुँदै नगद १ हजार रुपैया प्राप्त गरे ।
दोस्रो खेलमा तिलिगाउँ फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै मौनावुधुक विजयी भएको थियो । उक्त खेलको म्यान अफ द म्याच आयान राई घोषित हुँदै नगद १ हजार रुपैया प्राप्त गरे ।
तेस्रो खेलमा आयोजक तुंखा फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै थाप्रोङ फुटवल क्लव विजयी भएको थियो । निर्धारित समय दुवै टिमको ३÷३ गोलअन्तर भएपछि नजिता पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा आयोजक विरुद्ध जित निकाल्दै थाप्रोङ अघिल्लो चरणमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच थाप्रोङका आशिष चेम्जोङ घोषित हुँदै नगद १ हजार रुपैया प्राप्त गरे ।
तुंखा फुटवल क्लवको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । भने उपविजेता टिमले ३२ हजार ५ सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक तुंखा फुटवल क्लवका सचिव उदिप देवानले बताए । त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद सहित पुरस्कारको व्यवस्था रहेको उनको भनाई छ ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिता आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सम्पन्न गर्नको लागि देश तथा विदेशमा रहेका तुंखावासीहरुले आर्थिक सहयोग गरेका छन् ।