विपिन दाहाल
धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ तुंखामा जारी प्रथम मंसिर पूर्णिमा आमन्त्रित फूटवल कप प्रतियोगिता अन्र्तगत विहिवार सम्पन्न खेलमा मिलनचोक फुटवल क्लव, पाटीगाउँ फुटवल क्लव र तुंखा फुटवल क्लव विजयी भएका छन् ।
तुंखा खेलमैदानमा सम्पन्न पहिलो खेलमा डाँडाबजार फुटवल क्लवलाई १–० गोलअन्तरले पराजित गर्दै पाटी गाउँ फुटवल क्लव विजयी भएको छ ।
त्यस्तै दोस्रो खेलमा लाप्चेटार फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै मिलन चोक फुटवल क्लव विजयी भएको छ । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मिलन चोक विजयी भयो
त्यस्तै आजै सम्पन्न तेस्रो खेलमा मौनावुधुक फुटवल क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक तुंखा फुटवल क्लव विजयी भएको छ ।
आजको खेल सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । भोली शुक्रवार सेमिफाइनलका दुई खेल हुनेछन् । फाइनल प्रवेशको लागि पहिलो सेमिफाइनल खेल थाप्रोङ फुटवल क्लव र मिलन चोक फुटवल क्लव वीच हुनेछ । भने दोस्रो सेमिफाइनल खेल पाटीगाउँ फुटवल क्लव र तुंखा फुटवल क्लव वीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिवार हुनेछ । तुंखा फुटवल क्लवको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । भने उपविजेता टिमले ३२ हजार ५ सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक तुंखा फुटवल क्लवका सचिव उदिप देवानले बताए । त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद सहित पुरस्कारको व्यवस्था रहेको उनको भनाई छ । १२ टिमको सहभागिता रहेको प्रतियोगिता आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सम्पन्न गर्नको लागि देश तथा विदेशमा रहेका तुंखावासीहरुले आर्थिक सहयोग गरेका छन् ।