धनकुटा । प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटवल कप प्रतियोगिताको उपाधी आयोजक तुंखा फुटवल क्लवले जितेको हो ।
साँगुरीगढी गाउँपालिका वडा नं. ५ तुंखा खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा थाप्रोङ फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै आयोजक तुंखा एफसीले उपाधी जितेको हो ।
उपाधीसँगै तुंखा एफसीले नगद ५५ हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त ग¥यो भने उपविजेता थाप्रुङ एफसीले नगद ३२ हजार ५ सय रुपैया सहित ट्रफी र मेडलमा चित्त वुझायो ।
निर्धारित समय एक/एक गोलको वरावरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा थाप्रुङका भिमन चेम्जोङ र वुद्ध चेम्जोङले गोल मिस गरेपछि तुंखा ४–३ ले विजयी भएको थियो ।
यस अघिको खेलमा तुंखाको लागि सन्दिप लिम्बु र थाप्रुङका लागि नरेन्द्र वि.क.ले एक/एक गोल गरेका थिए ।
पेनाल्टी सुटआउटमा तुंखाको लागि रुपेश याखा, उमेश कार्की, योगेश थेगिम र सन्दिप लिम्बूले गोल गरेका थिएभने विपिन जगेवुको प्रहार थाप्रुङका गोलकिपर अनन्तदीप राईले रोके थिए । थाप्रुङका लागि आशिष चेम्जोङ, विश्व चेम्जोङ र विरेन चेम्जोङले मात्र गोल गर्न सफल भएका थिए । भिवन चेम्जोङ र वुद्ध चेम्जोङको प्रहार तुंखाका गोलकिपर खगेन्द्र भण्डारीले रोकेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तुंखा एफसीका योगेश थेगिम लिम्बु घोषित भए । उनले ट्रफी नगद १५ सय प्राप्त गरे । त्यस्तै विधागततर्फ तुंखा एफसीका खगेन्द्र भण्डारी उत्कृष्ट गोलकिपर सँगै फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । थाप्रुङका विश्व लिम्बू उत्कृष्ट डिफेन्स, तुंखाका सन्दिप लिम्बूले प्रतियोगिताभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता र तुंखाका एफसीका उपेन देवान उदयीमान खेलाडी घोषित भए । विधागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुले ट्रफी सँगै १५ सय पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, निवर्तमान गाउँपालिका अध्यक्ष कुमारजंग याखा, साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खड्ग लिम्बू, धनकुटा जिल्ला फुटवल संघका उपाध्यक्ष मणि देवान लगायतले पुरस्कार वितरण गरेका थिए ।
तुंखा फुटवल क्लवको आयोजनामा पहिलो पटक संचालन भएको उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । गत पुस ११ गतेदेखि संचालन भएको प्रतियोगितालाई सम्पन्न गर्नको लागि देश तथा विदेशमा रहेका तुंखावासीहरुले आर्थिक सहयोग गरेका थिए ।