धनकुटा । धनकुटा जिल्ला रेफ्रि संघको अध्यक्षमा तुफान चेम्जोङ चयन भएका छन् । साँगुरीगढी गाउँपालिकाको सभाहलमा आइतवार सम्पन्न संघको प्रथम साधारण सभाले तुफान चेम्जोङलाई पूनः अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा महेश मल्लिक, महासचिवमा सफलमान राई, सचिवमा मिलन थेगिम र कोषाध्यक्षमा सन्देश लिम्बू चयन भएका छन् ।
समितिको सदस्यहरुमा तुल्सी लिम्बु, राम राई, भुवन मगर, सुमन राई, किरण खड्की, सरोज बस्नेत, शिरि श्रेष्ठ, अभिषेक राई, सिशन मगर, विपन लिम्बु, राजेश लिम्बु, अम्रिता राई, सिर्जना लिम्बु, अनिशा बइजु, ममता लिम्बु, रोषी राज लिम्बु, निमा साङ्गे शेर्पा छन् ।
साभारण सभा धनकुटा जिल्ला फुटवल संघका अध्यक्ष मणिकुमार चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा यहि वर्ष Cat-4 रेफ्रि तालिममा सहभागी भएका ९ जनालाई स्वागत गरिएको नवनिर्वाचित महासचिव सफलमान राईले बताए ।