धनकुटा ।धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यालय पोशाक वितरण गरेका छन् ।
वडाध्यक्ष मगरले एक कार्यक्रम बिच महालक्ष्मी नगरपालिका वडा नं. २ मा रहेको ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई ट्याकसुट र टाइ वितरण गरेका हुन् ।
वडाध्यक्ष मगरले आफूलाई सरकारले दिएको सेवा–सुविधाबापतको रकम जनतालाई सहयोग गरेको बताए । उनले विद्यालयका ३८ जना विद्यार्थीलाई ट्याकसुट र टाइ वितरण गर्दै आफूले वितरण गरेको कपडाबाट भाईबाहिनीले न्यानो पाउने विश्वास व्यक्त गरे । आफू जनताको सेवक भएकाले विद्यार्थीको आवश्यकताअनुसारको सामग्री वितरण गरेको बताए ।