धनकुटा l काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन शाह (बालेन्द्र शाह) धनकुटाको पर्यटकीय भेडेटार आएका छन् । धरानको १२३ औं स्थापना दिवसको अवसरमा आयोजित ‘धरान डे’ को उद्घाटन समारोहमा सहभागि जनाउन धरान आइपुगेका उनी शुक्रवार साँझ भेडेटार आइपुगेका हुन् ।
धरान उपमहानगरपालिका हर्कराज राईसँगै भेडेटार आइपुगेका शाहलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले स्वागत गरेका थिए । छोटो भेटको क्रममा मेयर वालेन शाहले भेडेटार हुँदै पाख्रिवाससम्म पुगेको क्षण सुनाएका थिए ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाले गरिरहेको कामको विषयको जानकारी गराएका थिए । केही समय भेडेटार वसेर उनी धरान उपमहानगरपालिका हर्कराज राईसँगै विराटनगर तर्फ फर्किएका थिए ।