धनकुटा । साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको अध्यक्षमा शैलेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको शनिवार सम्पन्न १५ औं वार्षिक साधारण सभाले श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विजयसन्तोषी राई, सचिवमा रोशन श्रेष्ठ, सहसचिवमा टेकबहादुर श्रेष्ठ, कोषाध्यक्षमा रेजिना पालिखे, सदस्यहरुमा धिरेन्द्रलाल श्रेष्ठ, सुजित प्रधान, लिलामाया श्रेष्ठ, दुर्गा दर्जी, निरुपा राई र मनान मियाँ चयन गरिएको छ । त्यस्तै लेखा समितिको संयोजकमा रोशेष श्रेष्ठ र सदस्यहरुमा गोविन्द निरौला र शैलेश श्रेष्ठ चयन भएका छन् ।
धनकुटा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको सहकारीमा ३ सय ४२ पुरुष र २ सय ३७ जना महिला गरि कुल ५ सय ७९ जना शेयर सदस्य छन् । २०६५ सालमा स्थापना भएको सहकारीको आफ्नै भवन रहेको छ ।