धनकुटा । धनकुटा नगरपालिका वडा नं. १ हिलेमा विभिन्न खेलकुद साग्रीहरु वितरण गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका नेता तथा धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य दिल कुमार राईले धनकुटा नगरपालिकाबाट प्राप्त कार्यपालिका सदस्यहरुको लागी छुट्टयाईको रकमबाट विभिन्न खेलकुद सfमाग्रीहरु धनकुटा नगरपालिका वडा नं. १ हिलेमा वितरण गरिएको नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाङ्ले वताए ।
धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ्, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, धनकुटा नगर कार्यपालिका सदस्य दिलकुमार राई, नेपाली कांग्रेस धनकुटा जिल्लाका कोषाध्यक्ष सरस्वती मगर,जिल्ला सदस्यहरु रुकमान तामाङ, शान्ति खड्का, नेपाल तरुण दल धनकुटका कार्यवाहक अध्यक्ष अमित लो तामाङ, वडा नं. १ का वडा सभापति विरबहादुर तितुङ, उपसभापति हरिलाल तामाङ, सचिव फुर्वा शेर्पा लगायत १३ वटा खेलकुद संघसंस्थाहरुलाई विभिन्न किसिमका खेलकुद सामाग्रीहरु प्रदान गरेका थिए ।
नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. १ का सभापति तथा व्यूरोड हिले टोल विकास संस्थाका अध्यक्ष विरवहादुर तितुङको अध्यक्षतामा भएको खेलकुद समाग्रीहरु वितरण कार्यक्रममा नेपाली कांग्रेस हिलेका नेताहरु खेलाडीहरुको सहभागीता रहेको थियो ।
हिले तेक्वान्दो डोजाङ्ग, हिले ब्याडमिन्टन क्लव, न्यूरोड व्याडमिन्टन क्लव, योङ्ग स्टार बोक्रे बरवोटे, हिले फुटवल क्लव, हिले भलिवल क्लव र हिले क्याम्पसका विद्याार्थीलाई, खेलाडीहरुलाई करीव एक लाख भन्दा बढीको विभिन्न खेलकुद सामाग्रीहरु वितरण गरिएको नेपाली कांग्रेस हिलेका सभापति विरवहादुर तितुङ तामाङले वताए ।