धनकुटा । पर्यटकीय स्थल भेडेटारको नाम्जेमा माघे संक्रान्ति मेला सुरु भएको छ । मगर समुदायको विशेष पर्व माघे संक्रान्तिको अवसर पारेर मेला आयोजना गरिएको हो । आज र भोली गरि दुई दिनसम्म आयोजना हुने मेलाको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष राईले मगर समुदायको पहिचान र संस्कृतिलाई संरक्षण गर्न आगामी वर्ष हुर्रा प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
माघे संक्रान्ति मेला आयोजक समितिको आयोजनामा सुरु भएको मेलामा स्थानीय स्तरमा उत्पादन सामाग्री तथा स्थानीय परिकारका केही स्टल राखिएको छ । सो अवसरमा नाम्जे खेलमैदानमा भलिवल प्रतियोगिताको आयोजना समेत गरिएको छ । मेलाको अन्तिम दिन भोली स्थानीय मगर समुदायको हुर्रा नाच प्रर्दशनी गरिने आयोजकको भनाई छ ।
सामाजिक जनजीवन, साहसिक पदयात्रा, साँँस्कृति सत्कार लगायत विशेषताहरुको कारण सन् २०११ मा सीएनएन ट्राभलले विश्वका कहिल्यै नाम नसुनिएका तर पुग्नैपर्ने १२ उत्कृष्ट स्थानमध्ये सूचिकृत गरेपछि नाम्जे गाउँ अन्तर्राष्ट्रिय गन्तव्य वनेको हो ।
भेडेटार–रवि–राँके सडक खण्ड अन्र्तगत भेडेटार बजार देखि नजिकै रहेको नाम्जे गाउँमा मगर समुदायको वसोवास रहेको छ । नाम्जे गाउँमा होमस्टे संचालनमा छ ।