धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ तेम्वाङ गाउँमा दोस्रो तेम्वाङ खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ ।
माघेसंक्रान्तिको अवसर पारेर तेम्वाङ फुटवल क्लवले फुटवल प्रतियोगिताको आयोजना गरेको हो । क्लवले गतवर्ष पहिलो संस्करणको प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । उनले रेफ्रिलाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । क्लवका अध्यक्ष नविन राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पनन भएको थियो ।
उद्घाटनको पहिलो दिन दुई खेल संचालन भएको थियो । पहिलो खेलमा आयोजक तेम्वाङ फुटवल क्लवले धरानको गोर्खा फुटवल क्लवलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । आयोजकलाई फराकिलो गोलअन्तरले विजयी गराउन सुमन राईले तीन गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा साविक विजेता माङदवा फुटवल क्लवले पिवाइसी फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्यो । पिवाइसी फुटवल क्लवका खेलाडीले गरेको आत्मघाती गोल नै माङदवाको जितका लागि पर्याप्त वन्यो । उक्त खेलमा म्यान अफ द म्याच घोषित हुँदै माङदवाका विनोद राईले नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा आयोजक सहित १२ वटा टिमको सहभागीता छ । प्रतियोगिता आगामी माघ ६ गतेसम्म संचालन हुनेछ । दोस्रो संस्करणकोे विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफ्री र प्रमाण र उपविजेताले नगद ३५ हजार ५ सय ५५ रुपैया सहित ट्रफ्री र प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैया, सर्वाधिक गोलकर्ताले नगद ४ हजार, उत्कृष्ट गोलकिपरलाई नगद ३ हजार प्रदान गरिने आयोजक तेम्वाङ फुटवल क्लवका अध्यक्ष नविन राईले बताए । उनका अनुसार हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सहप्रायोजक जिस्टोर, सहयोगी साँगुरीगढी गाउँपालिका र साइबररोस प्राविधिक सहयोगीको रुपमा रहेको छ ।