धनकुटा । नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाका सदस्य सुनिल शर्माको सम्पन्न भएको एक साताको पूर्वी पहाडको धनकुटा देखि ईलामसम्मको राजनैतिक भ्रमणले कांग्रेजनमा उत्साह र समाजमा नयाँ जागरण ल्याएको छ ।
जनमानसमा राजनीतिप्रति वितृष्णा तथा नैरशयता आउँदै गरेको र राजनैतिक दलका कार्यकताहरुको निराशा जाग्दै गएको समयमा नेपाली कांग्रेसका नेता सुनिल शर्माले आफ्नो पुख्यौली जिल्ला धनकुटाबाट शुरु गरेको पूर्वी पहाडको भोजपुर संखुवासभा, तेह्थुम, ताप्लेजुङ, पाँचथर र ईलामसम्मको पहिलो चरणको राजनैतिक भ्रमणले समाजमा नयाँ जागरण र कांग्रेसजनमा उत्साह पैदा गरेको हो ।
नेपाल कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य डा. सुनिल शर्माले धनकुटा जिल्लाबाट सुरु गरी ईलामसम्मको राजनैतिक भ्रमणमा नेपाली कांग्रेस भोजपुर जिल्लाका सभापति तथा प्रदेश सभाका सांसद बिनोद वान्तवा, प्रदेश सभाका सांसद मानवहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, तेह्रथुम जिल्लाका सभापति अर्जुन तुम्वाहाम्फे, निर्वतमान जिल्ला सभापति गोविन्द्र ढुंगाना, पाँचथरका जिल्ला सभापति रुपनाराण जबेगु, निर्वतमान जिल्ला सभापति नरेन्द्र केरुङ, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, तेह्रथुम जिल्लाका कोषाध्यक्ष प्रेम तुम्वाहाम्फे, नेता निर्मल ढुंगाना, नोवेल मेडिकल कलेजका म्यानेजिङ डाईरेक्टर ईन्दिरा शर्मा वराल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
धनकुटामा नेपाली कांग्रेसका सभापति दिनेश राईको अध्यक्षता, भोजपुरमा जिल्ला उपसभापति गजेन्द्र कार्कीको अध्यक्षतामा, संखुवासभामा जिल्लाका कार्यवाहक सभापति अनन्त गौलीको अध्यक्षतमा तेह्थुम जिल्लामा जिल्ला सभापति अर्जुन तुम्वाहाम्फेको अध्यक्षतमा, ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्हाङ्क लिम्बुको अध्यक्षतामा, पाँचथरमा जिल्ला सभापति रुपनारायण जवेगुको अध्यक्षतमा र ईलामामा जिल्ला सभापति डम्वर खड्काको अध्यक्षतामा वृहत कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रमहरु भएको थियो । सवै कार्यक्रमहरुका नेपाली कांग्रेस नेता प्रतिनिधि सभाका सदस्य डा. सुनिल शर्माले नेताहरुको गलत निर्णय र क्रियाकलापका कारण अहिले भ्रष्टाचार बढेकोले राजनीति प्रति वितृष्णा जागेको, जनतामा निराशा छाएको र कार्यकर्ताहरुमा नैरशयता आएको भन्दै अब नयाँ ढंगबाट कांग्रेसलाई संगठित गरेर लाने त्यसका लागी अव सवै कांग्रेसजनले नेताहरुलाई पुरस्कार र दण्ड दिने काम गर्नु पर्ने वताए ।
उनले नेताहरु ईमानदार भए जनताहरुको आधारभूत आवाश्यक्ताहरु पुरा गर्न सकिने भन्र्दै स्वास्थ्य बिमालाई एक लाख देखि १० लाख सम्म पु¥याउनु पर्ने र शिक्षाका लागी विद्यार्थीहरुलाई ऋण दिनु पर्ने, जलविद्युत उत्पादन बढाउनु पर्ने भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मुल गर्नु पर्ने वताए ।
पूर्वी पहाडको ७ जिल्लाहरुमा भएको राजनैतिक भ्रमणमा व्यापक रुपमा नेपाली कांग्रेसका जिल्ला नेतााहरु र जिम्मेवार कार्यकर्ताहरुको उपस्थिति रहेको र उनीहरुको गुनासाहरु र समस्याहरु नेता शर्माले जिम्मेवारी पूर्वक सुनेको र समाधानका उपायहरु समेत दिएकाले शिथिल बन्दै गएको कांग्रेजनमा नयाँ उत्साह र समाजमा जागरण ल्याएको नेपाली कांग्रेस धनकुटाका जिल्लाका सचिव विजय सन्तोषी राईले बताए ।
पूर्वी पहाडका जनताहरुलाई प्रत्यक्ष रुपमा भेटघाट गर्दै उनीहरुको समस्याहरु सुन्दै समाधान गर्न लागी पहल गरेको र मुत्यु संग लड्दै गरेका गरिव असाहय र पहुच विहिन विरामीहरुको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेकोले नेता डा.सुनिल शर्माको यो पूर्वी पहाडको राजनैतिक भ्रमण गरिव असाहय र पहुँच विहिनहरुका लागी जीवनदान प्राप्त भएको छ ।
नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाका सदस्य डा. सुनिल शर्माले ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्र भ्रमण गर्ने लक्ष्य अनुसार पहिलो चरणमा पूर्वी पहाडको ७ वटा जिल्लाको राजनैतिक भ्रमण सम्पन्न गरेको अव दोस्रो चरणमा सगरमाथा अञ्चलको पहाडी जिल्लाहरु र सवै तराईका जिल्लाहरु भ्रमण गर्दै सवै जिल्लाहरुमा राजनैतिक भ्रमण गर्ने वताए ।
नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाका सदस्य डा. सुनिल शर्माको पुख्यौली घर धनकुटाको चुङवाङ्ग भएकोले उनी पुख्यौली थलोबाट आर्शिवाद लिई आफ्नो पहिलो चरणको राजनैतिक भ्रमण पनि धनकुटाबाटै शुरु गरी सफलताका साथ अगाडी बढेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।