धनकुटा । पाँचौ चौविसे रनिङ कप फुटवल प्रतियोगिताको उपाधी पुरुषतर्फ चौविसे गाउँपालिका वडा नं. ६ राजारानी र महिलातर्फ चौविसे गाउँपालिका वडा नं. २ मुढेवासले जितेको छ ।
विहिवार चौविसे गाउँपालिका वडा नं. २ स्थित त्रिवेणी खेलमैदानमा सम्पन्न फाइनल खेलमा पुरुष तर्फ वडा नं. ६ राजारानीले पेनाल्टी सुटआउटमा वडा नं. १ छ नं. वुधवारेलाई ४–३ गोलअन्तरले पराजित गर्दै उपाधी जितेको हो । उपाधीसँगै राजारानीले नगद ५५ हजार सहित ट्रफी प्राप्त ग¥यो भने उपविजेता टिम वडा नं. १ छ नं. वुधवारेले नगद ३५ हजार सहित ट्रफीमा चित्त वुझायो । निर्धारित समय गोलरहित वरावरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा वुधवारेका लिजम मगर र युनिस गजमेरले गोल मिस गरेपछि राजारानी ४–३ ले विजयी भएको थियो ।
पेनाल्टी सुटआउटमा राजारानीका लागि कप्तान विश्वकुमार लिम्बु, क्रिशव लिम्बु, प्रतिक थापा मगर र निर्मल सन्देश राईले गोल गरेका थिए भने लोकेन्द्र लिम्बुको प्रहार वाहिरिएको थियो । वुधवारेको तर्फबाट कप्तान कुसल मगर सहित रोहित गुरु र हिमाल मगरले मात्रै गोल गर्न सफल भएका थिए ।
यसैगरी आज सम्पन्न महिला तर्फको फाइनल खेलमा वडा नं. २ मुढेवासले वडा नं. ५ वोधेलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधी जितेको थियो । उपाधीसँगै मुढेवासले नगद ३५ हजार रुपैया सहित ट्रफी प्राप्त गरेको थियो । भने उपविजेता वोधेले नगद २५ हजार रुपैया सहित ट्रफीमा चित्त वुझायो । मुढेवासको जितमा सुस्मिता मगर, पुजा मगर र अस्मिता मगरले एक÷एक गोल गरेका थिए । वोधेको लागि एक मात्र सान्त्वना गोल गंगा राईले फर्काएकी थिइन् ।
पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी राजारानीका सुरेन्द्र लिम्बु घोेषित हुँदै नगद २५ सय र ट्रफी प्राप्त गरे । राजारानीकै मनिष लिम्बु उत्कृष्ट गोलकिपर, उदयीमान खेलाडी विशन मगर घोषित भए । त्यस्तै उच्च गोलकर्ताको पुरस्कार राजारानीका प्रतिक मगर र मौनावुधुकका शिशिर वि.कलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । उनीहरुले प्रतियोगिताभर ३÷३ गोल गरेका थिए । उनीहरुले नगद २÷२ हजार सहित ट्रफी प्राप्त गरे ।
त्यस्तै महिलातर्फ सर्वोत्कृष्ट खेलाडी मुढेवासकी सुस्मिता मगर घोेषित हुँदै नगद २५ सय र ट्रफी प्राप्त गरिन् । उनले प्रतियोगिताभर २ गोल गर्दै उच्च गोलकर्ताको पुरस्कार समेत प्राप्त गरिन् । त्यस्तै मुढेवासकै इमकला मगर उत्कृष्ट गोलकिपर घोषित भइन् । उदयीमान खेलाडीको पुरस्कार वोधेकी आकृति तामाङ घोषित भएकी थिइन् । विधागत रुपमा उत्कष्ट खेलाडीहरुलाइ नगद २÷२ हजार रुपैया सहित ट्रफी प्रदान गरिएको थियो ।
खेलाडीहरुलाई पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्वराज्य मन्त्री तथा प्रदेश सभा सदस्य निरन राई, विशेष अतिथि चौविसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, उपाध्यक्ष टंकमाया पाङ्गमि, निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभितकुमार तुम्वा लगायतले वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रम चौविसे गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष धनवहादुर मगरको अध्यक्षताम सम्पन्न भएको थियो ।
चौविसे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा गत माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिका भरिका हरेक वडाबाट महिला-पुरुषको एक/एक टिम गरि १६ वटा टिमको सहभागिता रहेको थियो ।