धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभवाशाली नेता ज्ञानेन्द्रवहादुर कार्कीले आज धनकुटामा आयोजित कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा धनकुटामा रहेका सरकारी कार्यालयहरु धनकुटामा नै राख्नका लागी पहल गर्ने वताएका छन् ।
धनकुटाबाट केही सरकारी कार्यालयहरु अन्य जिल्लामा सार्ने तयारी भइरहेको भन्ने चर्चा चलिरहेको अहिलेको समयमा काग्रेसका प्रभावशाली नेता समेत रहेका पूर्वमन्त्री कार्कीले धनकुटा पहिलो देखिनै केन्द्रको रुपमा रहेकाले धनकुटाबाट अन्यत्र कार्यालयहरु सार्ने काम गर्न नहुने वताउँनु ती कार्यालयहरु धनकुटामा नै राख्नका लागी आफुले पहल गर्ने वताए । साेही अवसरमा नेता कार्कीले अहिले कांग्रेस भित्र पूर्ण एकता आवाश्यक रहेको वताउँदै कांग्रेस भित्र एकता भएमा कांग्रेसलाई कुनै पनि शक्तिले हराउन नसक्ने समेत दावी गरे ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य लिला सुब्बा, पाख्रिवास नगरपालिका मेयर ज्ञान वहादुर गुरुङ, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव गिरिजा प्रसाद दाहाल लगायतले धनकुटा अस्पतालको जग्गा प्राप्तीको लागी र स्वास्थ्य बिमाबाट उपचार गराउँदा अहिले १० प्रतिशत शुल्क लिन सुरु गरिएकोले यसलाई हटाउन पहल गर्न माग गरेका थिए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्य अम्विका धमलाले फुलमाला लगाइदिएर पूर्वमन्त्री कार्कीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु भातृसंस्था तथा शुभेच्छुक संस्थाहरुका पदाधिकारीहरुले र कांग्रेसजनहरुले धनकुटाको विकास र समृद्धिका लागी र धनकुटाबाट अन्यत्र कार्यालयहरु सार्न नदिन पहल गरीदिन माग गरेका थिए ।