धनकुटा । चौधौं राष्ट्रपति रनिङ शिल्ड तथा छैठौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी डाँडाबजारको भानु माध्यमिक विद्यालयले जितेको छ ।
कुल ३० विधाका खेलमध्ये २१ स्वर्ण र ५ रजत गरी सबैभन्दा बढी कुल २६ पदक जित्दै प्रतियोगिताको उपाधी जितेको हो । भानु माध्यमिक विद्यालय यो संस्करणको आयोजक समेत रहेको थियो ।
त्यस्तै भेडेटार नाम्जेको ग्रामीण जनता माध्यमिक विद्यालयले ५ स्वर्ण र १ रजत गरी कुल ६ पदक जित्दै दोस्रो स्थान हासिल गर्यो ।
वुढिमोरङको रामनवमी माध्यमिक विद्यालयले २ स्वर्ण र १० रजत गरी गरी १२ पदक जित्दै तेस्रो स्थान प्राप्त ग¥यो । त्यस्तै जलकन्या माध्यमिक विद्यालय खुवाफोकले २ स्वर्ण र ८ रजत गरि १० पदक जित्दै चौथो, लक्ष्मी माध्यमिक विद्यालयले ३ रजत जित्दै पाँचौं, राम माध्यमिक विद्यालयले २ रजत जित्दै छैठौं, बराहलक्ष्मी माध्यमिक विद्यालय ताम्राङले १ रजत जित्दै प्रतियोगितामा सातौं स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा गोलखाडी मावि, सिंहकाली मावि, सितादेवी मावि र फाक्सिव आधारभूत विद्यालयले कुनै पदक जित्न सकेनन् ।
भलिवल तर्फको खेलमा गाम्रीण जनता माविका छात्र÷छात्राको टिमले प्रथम स्थान हासिल गर्दै स्वर्ण जित्न सफल भयो । छात्रतर्फ भानु मावि र छात्रातर्फ लक्ष्मी मावि खुडी दोस्रो हुँदै रजत पदक जित्न सफल भए । भलिवल खेलमा ग्रामीण जनता माविका दिनेश मगर छात्र तर्फ र सरु मगर छात्रा तर्फ उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै कवड्डी तर्फ भानु माविका छात्र÷छात्राको टिमले प्रथम हुँदै स्वर्ण जित्दा जनकल्याण मावि खुवाफोकका छात्र÷छात्राका टिम दोस्रो हुँदै रजत जित्न सफल भयो । त्यस्तै कवड्डीमा भानु माविका छात्रतर्फ सन्जाल विश्वकर्मा र छात्रातर्फ प्राथना भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।
एथलेटिस् तर्फ भानु माविकै खेलाडीहरुको वचश्व रह्यो । यस विधाका अधिकांश खेलमा भानु माविकै खेलाडीले स्वर्ण तथा रजत जिते । एथलेटिस्मा छात्रतर्फ भानु माविका रामकुमार लिम्बु र छात्रातर्फ काजल मगर उत्कृष्ट खेलाडी भए ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राई, ५ नंं वडाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरु गाउँपालिकाको तर्फबाट आगामी माघ २६ र २७ गते महालक्ष्मी नगरपालिका वडा नं. ४ चानुवाको दमारमा हुन गइरहेको जिल्लास्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउनेछन् । आयोजक भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खजुमको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो ।