विपिन दाहाल
धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट प्रहरीले ठूलो परिमाणमा गाँजा सहित चार जनालाई नियन्त्रणमा लिएको छ । बुधवार विहान करिव २ बजे शंका लागि चेकजाँच गर्दा डिजेल पेट्रोल वाेक्ने ट्याङ्करमा ५ सय ९४ किलो गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राजवावु महर्जनले बताए ।
गाँजा सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय र एक जना नेपाली नागरिक रहेका छन् । पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ । मुचुल्का उठाउने काम भइरहेको र नियन्त्रणमा लिइएको व्यक्ति सहित ट्याङ्कर र गाँजालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा पठाउने तयारी इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवनकुमार कार्कीले बताए ।
मुलघाट देखि विराटनगर तर्फ जाँदै गरेको ट्याङकरमा लागु औषध वोकेको शंका चेकजाँच गर्दा ट्याङकरको तेल लगाउने पाँच वडा डिब्बा (केल) मध्ये बिचको (केल) भित्र ५ सय ९४ केजी गाँजा फेला परेको प्रहरीको भनाई छ ।