धनकुटा । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापालाई गृहजिल्लामा स्वागत गर्दै नेपाली कांग्रेस धनकुटाले बधाई ज्ञापन गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका पूर्वक्षेत्रीय सभापति समेत रहेकी राज्यमन्त्री इन्दिरा थापा मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला धनकुटा आएकी हुन् । उनलाई पार्टी कार्यालयमा स्वागत गर्दै बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
सो अवसरमा राज्यमन्त्री थापाले बधाई ग्रहण गर्दै धनकुटाको विकास र समृद्धीको लागी आफुले पहिलो प्राथमिकता दिने र धनकुटेली जनताले देख्ने र थाहा पाउन र सम्झिरहने खालको विशेष योजनाहरु संचालन गरी धनकुटाको विकास गर्ने वताइन् ।
नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोलको अध्यक्षतामा सम्पन्न भएको बधाई तथा शुभकामना कार्यक्रममा महासमिति सदस्य आनन्द सन्तोषी राईले धनकुटा जिल्लाको तर्फबाट बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिँदै धनकुटालाई पुनर्जीवित पार्ने खालको विशेष योजना ल्याएर धनकुटाको गौरव र अस्तित्व कायम गर्न आग्रह गरे । स्वागत मन्तव्य नगर सभापति नरेश श्रेष्ठले राखेका थिए ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता वराईली राई, नेपाली कांग्रेस धनकुटा जिल्ला सदस्यहरु रोशेष श्रेष्ठ, पुरेन्द्रलाल श्रेष्ठ, वुद्धिकान्त घिमिरे, क्षेत्रिय उपसभापति मिलन खड्गी, नगर उपसभापति अभिषेक कर्माचार्य, वडाध्यक्षहरु वडा नं. ५ धनकुमार राई, नगेन्द्र पाण्डे, कार्यपालिका सदस्यहरु कृष्णमाया श्रेष्ठ, मञ्जु कार्की, दिल कुमार राई, नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली, नगर अध्यक्ष महेन्द्र राई, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका वरिष्ठ उपाध्यक्ष दामोदर सुवेदी, साँस्कृतिक महासंघ धनकुटाका अध्यक्ष कृष्ण गोविन्द चेम्जोङ, लोकतन्त्रवादी जनजाती महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नेपाली कांग्रेस वडा नं २ का वडा सभापति राजकुमार राई, वडा नं. ४ का वडा सभापति हरी तिम्सिना, वडा नं. १० का वडा सभापति अमर खनाल, वडा नं. ७ का उपसभापति रोशन अमात्य, वडा सचिव उर्गेन शाक्य,नेपाल पत्रकार महासंघ धनकुटका सचिव तथा नेपाल प्रेस युनियन धनकुटाका उपाध्यक्ष हरिवहादुर लम्जेल, नेपाल प्रेस युनियनका प्रदेश कोषाध्यक्ष कविराज घिमिरे, विकास घिमिरे, गायक तथा पत्रकार गौरव नारायण राई, प्रेस सेन्टरका सचिव विपिन दाहाल लगायतले राज्य मन्त्री थापालाई खादा माला लगाई दिई बधाई दिदै सफल कार्यकालको लागी शुभ कामना दिएका थिए ।
यसैगरी निर्वाचित वडा सदस्यहरु टिका श्रेष्ठ, केदार श्रेष्ठ, दुर्गा शिवा, चन्द्रमाया दर्जी, महिला नेताहरु विष्णु तामाङ, नेपाली कांग्रेसका सदस्यहरु, गोविन्द मैनाली, विरवहादुर राई, देवेन्द्र चाम्लिङ, टंक राना, स्वार्थानी चौधरी, योगेन्द्र सुवेदी, लक्ष्मण खड्का, भैरव पाँचकोटी, नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला सचिव युवराज घिमिरे, सदस्य कमल याक्खा, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाका अध्यक्ष इश्वर अकेला, नेपाल महिला संघ धनकुटा वडा नं. ७ का उपाध्यक्ष सिता दाहाल लगायतले आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापालाई माला खादा लगाई दिई बधाई दिदै सफल कार्यकालको लागी शुभ कामना दिएका थिए ।
राज्यमन्त्री थापाले आजै धनकुटाको सहिद भीमनाराण श्रेष्ठको सालिकमा माल्यापर्ण गरी सम्मान गरेकी गर्दै सहिद भीमनाराण श्रेष्ठको घरमा भई सहिद पत्नी लक्ष्मीदेवी श्रेष्ठ सहिद परिवारसंग भेटघाट गरेकी थिइन् ।