धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ वुढिमोरङमा दोस्रो वडा अध्यक्ष कप आमन्त्रित फुुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
साँगुरीगढी गाउँपालिका १ नं. वडा कार्यालयको सहयोगमा तथा संजीवनी क्लवको आयोजनामा आगामी फागुन १२ देखि १४ गतेसम्म दोस्रो वडा अध्यक्ष कप आमन्त्रित फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो ।
सजिवनी खेलमैदान (सुलिकोट)मा हुने प्रतियोगितामा साँगुरीगढी गाउँपालिका भरिका हरेक वडाबाट एक÷एक गरी कुल १० टीमको सहभागिता रहने आयोजक संजिवनी क्लवका अध्यक्ष विशाल लिम्बूले बताए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले नगद ३० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आगामी फागुन १२ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल वडा नं. ४ फाक्सिव र वडा नं. ७ महाभारत वीच हुनेछ ।
अघिल्लो वर्ष प्रतियोगिताको पहिलो संस्करण आयोजना भएको थियो । पहिलो संस्करणको विजेता माङ्दुवा फुटवल क्लव र उपविजेता संजिवनी क्लव भएको थियो ।
दोस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको छ । अघिल्लो संस्करणमा विजेतालाई नगद ३० हजार र उपविजेतालाई १५ हजार रुपैया प्रदान गरिएको थियो भने यो संस्करणमा वृद्धि गरेर विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैया बनाइएको छ । त्यस्तै विधागत रुपमा पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।