धनकुटा । चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर साँगुरीगढी गाउँपालिका वडा नंं १ वुढिमोरङ आउने भएकी छिन् ।
फागु पूर्णिमाको अवसर पारेर वुढिमोरङमा आगामी फागुन १८ गते हुन लागेको दोस्रो वुढिमोरङ साँस्कृतिक कार्यक्रम–२०८० मा सांगितिक प्रस्तुती दिन चर्चित गायिका ज्योती मगर आउन लागेकी हुन् । कार्यक्रममा गायिका मगरको वेजोड प्रस्तुती रहने छ ।
गायिका ज्योती मगरसँगै वरिष्ठ संगीतकार तथा गायक महेश खड्का, गायक राज शुक्र, देवेन्द्र चेम्जोङ, गायिका निलिमा साम्पाङ लगायतको प्रस्तुती रहने आयोजक साँगुरीगढी सामाजिक विकास संजालकी अध्यक्ष विमला राईले बताइन् । उनका अनुसार साँस्कृतिक कार्यक्रम संजिवनी खेल मैदान (सुलीकोट) मा आयोजना हुनेछ ।
सोही अवसरमा साँगुरीगढी गाउँपालिका स्तरीय खोजी प्रतिभा–२०८० को विजेता घोषणा गरिनेछ । ‘हाम्रो मौलिक भाषा,। संस्कृति र सभ्यता हाम्रो पहिचान, लुकेर रहेका प्रतिभा खोजी गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साँगुरीगढी गाउँपालिका स्तरीय खोजी प्रतिभा कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।
गायन विधामा हुने खोजी प्रतिभाको लागि साँगुरीगढी गाउँपालिकाको हरेक वडामा एक÷एक प्रतिस्पर्धा छनोट गरिएको छ । वडा नं. १ वाट डम्बर तामाङ, वडा नंं २ वाट वसन्त राई, वडा नंं ३ वाट अनिल लिम्बू, वडा नं. ४ बाट सुन्दर लिम्बू, वडा नं. ५ बाट कृष्ण सुनाम, वडा नं. ६ वाट आनन्द राई, वडा नं. ८ बाट उर्मिला राई, वडा नं. ९ बाट कौशल राई र वडा नं. १० बाट रमण राईलाई छनोट गरिएको छ ।
खोजी प्रतिभाको विजेताले नगद ३० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता अर्थात दोस्रो हुनेले नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष राईले बताइन् ।