विपिन दाहाल
धनकुटा l साँगुरीगढी गाउँपालिका वडा नं. १ मा जारि दोस्रो वडा अध्यक्ष कप आमिन्त्रत फुटवल प्रतियोगिताको उपाधी वडा नं. ५ डाँडाबजारले जितेको छ ।
सोमवार संजिवनी खेलमैदान (सुलिकोट)मा सम्पन्न फाइनल खेलमा वडा नं. ७ महाभारतलाई शुन्यका विरुद्ध तीन गोलअन्तरले पराजित गर्दै डाँडाबजारले उपाधी जितेको हो । उपाधी सँगै डाँडाबजारले नगद ५० हजार रुपैया सहित ट्रफी प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता वनेको महाभारतले नगद २५ हजार रुपैया सहित ट्रफीमा चित्त वुझाएको छ । डाँडाबजारको जितमा योगेश लिम्बू, विपिन लिम्बू र रुपेश याखाले एक÷एक गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डाँडाबजारमा विपिन लिम्बू घोषित हुँदै नगद सहित ट्रफी प्राप्त गरे । त्यस्तै डाँडाबजारका दिपन याखा उत्कृष्ट गोलकिपर घोषित भए । प्रतियोगिताभर ७÷७ गोल गरेका महाभारतका विपिन लिम्बू र वुढिमोरङका पुजन लिम्बूले सर्वाधिक गोलकर्ताको पुरस्कार जित्न सफल भए ।
साँगुरीगढी गाउँपालिका १ नं. वडा कार्यालयको सहयोगमा तथा संजीवनी क्लवको आयोजनामा गत फागुन १२ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा हरेक वडाबाट एक÷एक गरी कुल १० टीमको सहभागिता रहेको थियो ।