धनकुटा । जिल्लाको विकास र समृद्धिका लागी विभिन्न विकासका योजनाहरुको लागी बजेट बिनियोजन गरी दिन नेपाली कांग्रेस धनकुटाको टोलीले संघीय मन्त्रीहरुसँग माग गरेका छन् ।
नेपाली कांग्रेस धनकुटाको टोलीले सहरी विकास मन्त्री सिता गुरुङ र यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुसँग सम्वन्धित मन्त्रालयमा पुगेर माग गरेका हुन् ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष तथा पालिका पार्टी सभापति छत्र सुब्बा, वडा नं. ५ का सभापति ढगल सिंह लिम्बु, नेतृ टिका भण्डारी लगायतको टोलीले सहरी विकास मन्त्री सिता गुरुङ र यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुसँग सम्वन्धित मन्त्रालयमा गई विभिन्न योजनाहरुको लागी बजेट माग गरेका हुन् ।
सहरी विकास मन्त्री सिता गुरुङसँग धनकुटा जिल्लाका ७ वटै पालिकाहरुको विभिन्न योजनाहरु र यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु संग धनकुटा टुडिखेलको मर्मत तथा निर्माण लगायत ७ वटै पालिकाहरुमा खेल मैदान निर्माणका कभडहल निर्माण लगायतका योजनाहरुमा बजेट बिनियोजन गरी दिनका लागी अनुरोध पत्र बुझाईको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।