धनकुटा । पाख्रिबास नगरपालिका वडा नंं १० चुङवाङमा आइतवार दिउँसो भएको पिकअप जीप दुर्घटनाका घाइतेमध्ये एक जना मृत्यु भएको छ । घाइते १५ जनाकाे उपचार भइरहेकाे छ ।
मृत्यु हुनेमा चुङवाङकी ९ वर्षीय संस्कृति राई हुन् । दुर्घटनामा गम्भिर घाइते वनेकी उनलाई उपचारको लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउने वित्तिकै डाक्टरले मृत घोषित गरेको थियो ।
यस्तै घाइते भएका पाख्रिबासका २२ वर्षिय रविका राई र काठमाण्डौका ४० वर्षिय सानु आलेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यस्तै धनकुटा नगरपालिका वडा नं। ४ का ३६ वर्षिय देवि खत्री, १० वर्षिया अजित खत्रि, ३६ वर्षिय देविका खत्री, ४७ वर्षिया सुनिता खत्री, पाख्रिबास नगरपालिका वडा नं। १० का लक्ष्मी राईको धनकुटा अस्पतालमा उपचार भइरहको छ । अन्य ८ जनाको स्थानीय प्राथमिक अस्पतालमा उपचार गरि थप उपचारका लागि धनकुटा अस्पताल ल्याइएको छ ।
पिकअप जीप भारती माध्यमिक विद्यालयको छेउमा सडक देखि करिव ४० मिटर तल खसेको थियो । गाडीको चक्का पड्किएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना स्थल रहेको सडक कच्ची हो । घटना स्थल हिले प्रहरी चौकीबाट करिव १५ किलोमिटरको दुरीमा छ । सवारी चालक राममणी राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक राजवावु महर्जनले बताए ।