धनकुटा । कोशी राजमार्ग अन्र्तगत धरान–धनकुटा सडक खण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ७ गर्जुवामा मंगलवार साँझ मारुती भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना गम्भिर घाइते भएका छन् ।
भेडेटारबाट मुलघाट तर्फ जाँदै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्दिा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजवावु महर्जनले बताए ।
दुर्घटनामा परि मोटरसाइकल चालक साँगुरीगढी गउँपालिका वडा नंं ६ वस्ने वर्ष २२ अभिषेक लिम्बू, मोटरसाइकलको पछाडी सवार सोही ठाउँका वर्ष २५ को दिवश तामाङ र मारुती भ्यान चालक वर्ष ३० का तुलवहादुर राई गम्भिर घाइते भएका छन् । उनीहरुलाई तत्कालै उपचारको लागि घोपातर्फ पठाइएको उनले बताए ।
घटनास्थलमा मुलघाट प्रहरी चौकी इन्चार्ज राजेन्द्र पाण्डेको कमाण्डमा टोली खटिएका छन् । दुर्घटनामा परेका मारुती भ्यान र मोटरसाइकललाई प्रहरी चौकी मुलघाटमा राखिएको छ । दुुर्घटना मंगलवार साँझ अन्दाजी पाैन ७ बजे भएको हुन सक्ने प्रहरीको भनाई छ । दुर्घटनाको कारण वारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।