धनकुटा । नेपाल शिक्षक संघ धनकुटाको जिल्ला प्रतिनिधि सभा विभिन्न निर्णयहरुका साथ पूर्वअध्यक्षहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले नेपाल शिक्षक संघ धनकुटाको प्रतिनिधि सभाको उद्घाटन गर्दै पेशागत हक हितका लागी सवै शिक्षकहरु क्रियाशील हुनु पर्नेमा जोड दिँदै अहिलेको आवश्यक्ता भनेको गुणस्तरीय शिक्षा भएको वताए ।
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष रामकुमारी भण्डारीले नेपाल शिक्षक संघले शिक्षकहरुको अधिकार स्थापित गराउन अझ सशक्त हुने बताइन् ।
नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रिय सदस्य विगेन्द्र याक्खा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल शिक्षक संघका पूर्व अध्यक्षहरु गंगाराम ढुंगाना, विश्वनाथ दाहाल, महानन्द पोखरेल, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु युवराज पराजुली, तिलक महत, गोकुण्डेश्वर वाल मन्दिर माविका प्रधानाध्यापक दामोदर मिश्र, त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोखरेल लगायतले शिक्षालाई व्यवहारिक, व्यावसायिक र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिए ।
नेपाल शिक्षक संघ धनकुटाका महिला उपाध्यक्ष शोभा वराल दाहालले स्वागत मन्तव्य, सचिव रोहिणी पाण्डेले संघको बार्षिक प्रगति प्रतिवेदन र अर्थसचिव भोला भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल शिक्षक संघ धनकुटाको प्रतिनिधि सभामा नेपाल शिक्षक संघ धनकुटा नगर कार्यसमितिका अध्यक्ष लक्ष्मी सापकोटा, पाख्रिवास नगर कार्य समितिका अध्यक्ष राजेन्द्र धमला, महालक्ष्मीका नगर कार्य समितिका अध्यक्ष राम ढकाल, सहिदभूमि गाउँपालिका कार्य समितिका अध्यक्ष लोकेन्द्र राई, साँगुरीगढी गाउँपालिका कार्य समितिका अध्यक्ष कुल प्रसाद दाहाल, चौविसे गाउँपालिका कार्य समितिका उपाध्यक्ष फाल्गुनी खतिवडा, छथरजोरपाटी गाउँपालिका कार्य समितिका सचिव खेम राज तिम्सिनाले आ-आफ्नो पालिका कार्य समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल शिक्षक संघ धनकुटाले संघका पूर्वजिल्लाहरु महानन्द पोखरेल र गंगाराम ढुंगानालाई नगद १०/१० हजार रुपैया सहित दोसल्ला ओढाएर सम्मान गरेको छ भने धनकुटा नगर कार्य समिति र साँगुरीगढी गाउँपालिका कार्य समितिलाई यस बर्षको उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उत्कृष्ट पालिकाहरुको रुपमा पुरस्कृत गरेको जिल्ला अध्यक्ष थिरेन्द्र लिम्बुले वताए ।
संघले नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका विगेन्द्र याक्खा र नेपाल शिक्षक संघको प्रदेश महिला उपाध्यक्षमा निर्वाचित भएकी रामकुमारी भण्डारीलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।