धनकुटा । सुक्खा तथा खडेरीका कारण धनकुटामा दैनिक भइरहेको आगलागी तथा वन डढेलोले ठूलो मात्रामा जनधनको क्षति भइरहेकोले अग्नीपिडितहरुको राहत तथा उद्वारमा नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यर्ताहरु क्रियाशील हुने निर्णय गर्दै परिचालित भएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न बैठकले धनकुटा जिल्लामा दैनिक जसो भइरहेको आगलागी तथा वन डढेलोबाट पीडितहरुको राहत तथा उद्वारका लागि आगलागी तथा वन डढेलो नियन्त्रण गर्न नेपाली कांग्रेसको धनकुटाले सम्पूर्ण पार्टी पक्ती र भातृसंस्थाहरु परिचालन गर्ने निर्णय गरी परिचालन गरेको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
जिल्लाका वडाहरुमा गठित जय नेपाल सेवा दललाई समेत व्यापक परिचालन गरी अग्नी पीडितहरुको राहत र उद्वार गर्ने र आगलागी तथा वन डढेलो नियन्त्रण गर्न निर्देशन दिई सवै क्रियाशील भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले वताए ।
सुख्खा तथा खडेरीका कारण धनकुटा जिल्लाका सातवटै पालिकाका विभिन्न वडाहरुमा अहिले दैनिक जसो आगलागी तथा वन डढेलोले ठूलो मात्रामा क्षति भइरहेको छ ।
उक्त बैठकले क्रियाशील सदस्यताको नविकरण र नयाँ सदस्यताको फारम सवै मातहतका कार्य समितिबाट जिल्ला कार्यसमिति धनकुटामा चैत्र १५ गते सम्म अनिवार्य बुझाउनका लागी निर्देशन सहित अनुरोध गर्ने लेवी समेत चैत्र १५ गते अनिवार्य बुझाउनका लागी सवैलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला सचिव जयन्द्र घिसिङले बताए ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यताको परिचय पत्र केन्द्रबाट धनकुटामा ल्याइसकेकाले सम्पूर्ण क्रियाशील सदस्यहरुलाई क्रियाशील सदस्यताको परिचय पत्र वडा-वडामा नै गएर वितरण गरिने भएकोले अभिलम्ब क्रियाशील सदस्यहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला पार्टी कार्यालयमा दुई प्रति फोटो बुझाउन समेत जिल्ला सचिव विजयसन्तोषी राईले आग्रह गरे ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला पदाधिकारीहरु तथा सदस्यहरु, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु र भातृ तथा शुभेच्छुक संस्थाहरुका अध्यक्षहरुले समेत समसामयिक राजनैतिक अवस्थाको वारेमा आ-आफ्नो धारणा राख्दै अव कांग्रेसलाई नयाँ अभियानका साथ सक्रिय र सशक्त ढंगले जनतामाझ लाने बताए ।