धनकुटा । नेपाली कांग्रेस धनकुटाले संयुक्त रुपमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की सहित कांग्रेसका ६ जना प्रदेश मन्त्रीहरुलाई ७ बुँदे ज्ञापन पत्र सहित विशेष अनुरोध गरेको छ ।
मुख्य मन्त्री तथा मन्त्री परिषदको सम्र्पक कार्यालय धनकुटामा मंगलवार पहिलो पटक कोशी प्रदेशको ऐतिहासिक मन्त्री परिषद्को बैठक वस्न धनकुटा आएका मुख्यमन्त्री केदार कार्की सहित कांग्रेसका ६ जना मन्त्रीहरुलाई नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम गरी धनकुटा कांग्रेसले मन्त्री परिषदको वैठकबाट निर्णय गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको हो ।
प्रदेशको राजधानी धनकुटा नभएपछि मृत सहर बन्दै गएको धनकुटालाई पुनरजिवित गर्न नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, उपसभापति सुनिल कुमार डंगोल, सचिव विजय सन्तोषी राई र जयन्द्र घिसिङ्गले मुख्य मन्त्री कार्की र अन्य मन्त्रीहलाई मन्त्रीपरिषद्को बैठकबाट निर्णय गर्न अनुरोध गर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
धनकुटामा रहेको मुख्य मन्त्री तथा मन्त्री परिषद्को सम्पर्क कार्यालयमा पहिलो पटक भएको ऐतिहासिक प्रदेश मन्त्री परिषदको बैठकमा निर्णय गर्न अनुरोध गर्दै बैठक अघि नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयमा मानाीय मुख्म मन्त्री केदार कार्की, स्वास्थ्यमन्त्री माननीय प्रदिप सुनुवार, आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शमसेर राई , कृषि, उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्री, आर्थिक मामिला तथा योजना राज्य मन्त्री माननीय ईन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय सुनिता कुमारी गुरुङसँग छलफल गरी धनकुटाको महत्वपूर्ण विषयहरु सहितको अनुरोध पत्र धनकुटा कांग्रेसले बुझाएको छ ।
मुख्यमन्त्री कार्की सहित कांग्रेसका ६ जना मन्त्रीहरुलाई बुझाएको ज्ञापन पत्रमा धनकुटा अस्पताललाई तत्काल स्तरोन्नती गरी विशेषज्ञ सहितको एकसय वेडको अस्पताल संचालन गरी क्रमस धनकुटा अस्पताललाई शिक्षण अस्पतालको संचालन गर्न मन्त्री परिषदको बैठकबाट निर्ण गर्न अनुरोध गरिएको छ ।
यसैगरी सुनसरी जिल्लाको नजिकै धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल सप्तकोशी नदीको त्रिवेणीमा रहेको किराती समुदायको सामरिक महत्वको खुवालुङलाई विशेष महत्वको घोषणा गरी संरक्षण र प्रवद्धन गरी प्रचार प्रसार गर्ने मन्त्री परिषदको बैठकबाट निर्णय गर्न धनकुटा कांग्रेसले माग गरेको छ ।
धनकुटा बजारको चर्को खानेपानी समस्या समाधान गर्न र धनकुटा टुँडिखेललाई प्रदेशस्तरीय खेल मैदान निर्माण गर्न विशेष योजना ल्याउनका लागी कोशी प्रदेशको मन्त्री परिषद्को बैठकबाट निर्णय गर्न समेत नेपाली कांग्रेस धनकुटाले अनुरोध गरेको छ ।
नेपाली कांग्रेस धनकुटाले धनकुटामा रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्र हाल प्रयोगविहिन रहेकाले प्रदेश सरकारले प्रदेश स्तरीय नर्सिङ कलेज स्थापना गर्न र धनकुटामा प्रादेशिक विश्व विद्यालय स्थापना गर्न प्रदेश मन्त्री परिषदको बैठकबाट निर्णय गर्न समेत माग गरिएको उक्त ज्ञापन पत्रमा उल्लेख छ ।
धनकुटा जिल्ला पर्यटकीय जिल्लाको रुपमा रहेकाले धनकुटालाई प्रमुख पर्यटक केन्द्रको रुपमा घोषणा गर्दै भेडेटारलाई प्रदेशकै प्रमुख गन्तव्य स्थल घोषणा गर्न, र छिन्ताङ्ग जाल्पादेवीलाई प्रमुख धार्मिक स्थलको रुपमा घोषणा गर्न र पहिलो चरणमा धनकुटाको मुलघाट स्थित तमोरनदीमा १ सय ५० मिटरको शिव जीको र हिले बजारको सिरानमा १ सय ५० फिटको बुद्धको मूर्ति निर्माण गर्न र रमणीयस्थल उत्तरपानीमा रहेको पोखरीहरुको संंरक्षणगरी मर्मत सम्भार गर्ने निर्णय मन्त्रीपरिदको बैठकबाट गर्न धनकुटा कांग्रेसले माग गरेको छ ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले धनकुटा कांग्रेसले राखेको मागप्रति सकरात्मक रहेको वताउँदै अव धनकुटाको विकास र समृद्धिका लागी प्रदेश सरकारले महत्वपूर्ण निर्णयहरु गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा महासमिति सदस्य आनन्द सन्तोषी राईले प्रदेश सरकारले धनकुटालाई पुनर्जिवित गर्न विशेष योजना ल्याउन माग गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपसभापति सुनिलकुमार डंगोलले राखेका थिए ।