धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टीका सहमहान्त्री प्रतिनिधि सभा सदस्य जीवन परियार लगायत केन्द्रिय नेताहरुसँग विहिवार विहान जिल्ला पार्टी कार्यालयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरी पार्टीलाई नयाँ गतिका साथ अगाडि लैजाने उद्घोष गरेकाे छ ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री माननीय जीवन परियारले नेपाली कांग्रेसले अव पार्टी भित्र पूर्ण एकता कायम गरी नयाँ गतिका साथ अगाडि लैजाने बताए ।
यसैगरी केन्द्रिय सदस्य तथा माननीय सुशिला थिङ्गले अव हरेक निर्वाचनमा प्रत्यक्ष तर्फनै ३३ प्रतिशत महिला उम्मेद्वार हरेक पार्टीले अनिवार्य उठाउने व्यवस्था गर्ने वताइन्उ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस अछाम जिल्ला सभापति पुष्पवहादुर शाह, संविधानसभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य गंगाराम ढुुंगाना, पूर्वजिल्ला सचिव रविन्द्र नेपाली, नेपाल महिला संघका पूर्वकेन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु अम्विका धमला, अम्विका परियारले नेपाली कांग्रेसलाई पूर्ण रुपमा रुपान्तरण गरी नयाँ उर्जाका साथ पार्टी विस्तार गर्न अति आवाश्यक भएको वताए ।
नेपाल दलित संघ धनकुटाका अध्यक्ष नारायण वि.क, धनकुटा नगर अध्यक्ष दुर्गा शिवा, नेपाल किसान महासंघका अध्यक्ष दिलकुमार राई, नेपाल महिला संघ धनकुटाका जिल्ला सहसचिव जानुका सुन्दास, नेपाल विद्यार्थी संघ धनकुटा जिल्ला सचिव युवराज घिमिरे, धनकुटा वहुमुखी क्याम्पस ईकाई कार्यवाहक अध्यक्ष रञ्जन कार्की लगायतले कांग्रेसभित्रको गुटउपगुटको अन्त्य गरी स्वच्छ र सशक्त कांग्रेसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भएकोले कांग्रेसलाई पुस्तान्तरण र रुपान्तरण गर्न सुझाव दिएका थिए ।