धनकुटा । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले शिक्षाकाे विकासले मात्रै गाउँकाे परिवर्तन हुने बताएका छन्उ । सहिदभूमि गाउँपालिका वडा नं ४ स्थित कन्यादेवी माध्यमिक विध्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्वाेधन गर्दै मन्त्री राईले व्यवसायिक शिक्षाका लागि विद्यालयकाे पुर्वाधार निर्माण आवश्यक रहेकाे बताए ।
शिक्षालाई आर्थिक विकासकाे गतिविधिसँग जाेड्नकाे लागि गुणस्तरीय र व्यवसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारकाे प्राथमिकतामा रहेकाे बताए ।
त्यस्तै काेशी प्रदेशसभाका सांसद ईन्द्रमणी पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि भाैतिक पूर्वाधार महत्वपुर्ण हुने बताए । ग्रामीण क्षेत्रकाे विकास शैक्षिक सुधारबाट सम्भव रहेकाे उनको भनाई छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ६७ लाखकाे लागतमा उक्त भवन निर्माण भएकाे सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईले बताए । विद्यालयमा २ सय ६८ जना विद्यार्थी अध्ययनरत छन् ।