धनकुटा । छथरजोरपाटी गाउँपालिकाले तेस्रो संस्करणको अन्तरपालिका कर्मचारीस्तरीय फुटवल प्रतियोगिताको उपाधी जितेको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. ७ जितपुरस्थित खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा पाख्रिवास नगरपालिकालाई शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै छथरजोरपाटी गाउँपालिकाले उपाधी जितेको हो । छथरजोरपाटीको जितमा लिलम दाहाल र प्रदिप ओझाले एक/एक गोल गरे ।
उपाधीसँगै छथरजोरपाटीले नगद ६० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्यो । भने उपविजेता वनेको पाख्रिवास नगरपालिकाले नगद ४० हजार र मेडल, ट्रफीमा चित्त वुझायो ।
विजेता टिमका अर्जुनवहादुर लिम्बु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै छथरजोरपाटीका मिलन कार्की उत्कृष्ट डिफेन्डर, अभिनय श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । त्यस्तै प्रतियोगिताभर चार गोल गर्दै पाख्रिवास नगरपालिकाका बसन्त निरौला सर्वाधिक गोलकर्ता बने । विधागतर्फ उत्कृष्ट भएका खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।
महालक्ष्मी नगरपालिकाको आयोजनामा चैत्र १६ र १७ गते गरी दुई दिनसम्म संचालन भएको प्रतियोगितामा जिल्लाका सात स्थानीय तहमध्ये पाँच स्थानीय तहका ८ टीमको सहभागिता थियो ।
प्रतियोगितामा साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिकाले सहभागिता जनाएनन् । खेलकुद गतिविधिमा उत्साह ल्याउन प्रतियोगिताको आयोजना गरिएको संयोजक गौरव कार्कीले बताए । विजेता तथा उपविजेता टिमलाई स्थानीय तहका प्रमुखहरुले पुरस्कार प्रदान गरेका थिए ।