धनकुटा । नेपाली कांग्रेस धनकुटाका अभिभावक वरिष्ठ समाजसेवी स्वर्गीय धनवहादुर श्रेष्ठको आज पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटाले विश्रान्ती मन्दिरस्थित मुलघाटको तमोरनदीको किनारमा पार्टीको झण्डा ओढाएर सम्मानपूर्वक अन्त्येष्टी गरेको छ ।
प्रजातन्त्रवादी प्रध्यापक समुह धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष सुन्दर श्रेष्ठ र नेपाली कांग्रेस धनकुटाका निर्वतमान क्षेत्रीय सचिव तथा डिएलए धनकुटाका सचिव रमेश श्रेष्ठका पिता कांग्रेस अभिभावक समाजसेवी धनवहादुर श्रेष्ठको हिजो निधन भएको थियो । आज उनको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटाले पार्टीको झण्डा ओढाएर सम्मानपूर्वक अन्तिम श्रद्धाञ्जलीका साथ अन्त्यष्टि गरेको हो ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, पूर्वसभापति तथा संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला उपसभापति सुनिल कुमार डंगोल, जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्रिय सभापति क्षेत्र नं ख का राजन पौडेल, नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली, नेपाली कांग्रेस धनकुटा नगर कार्य समतिका उपसभापति अभिषेक कर्माचार्य, वडा नं. ७ का उपभापति कुमार श्रेष्ठ, निर्वाचित वडा सदस्य केदार श्रेष्ठ, चन्द्र डंगोल लगायतले पार्टीको झण्डा ओढाएर स्वर्गीय धनवहादुर श्रेष्ठ प्रति सम्मान गरेका थिए ।
९४ बर्षको उमेरमा हृदयघात भई हिजो निधन भएका श्रेष्ठको छोराहरु विष्णुभगत, पूर्ण भगत, हरि भगत, सुन्दर श्रेष्ठ र रमेश श्रेष्ठ, छोरीहरु टिका, सरला र इन्द्र श्रेष्ठ छन् । श्रेष्ठको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।