धनकुटा । डाँडाबजार फुटवल क्लव चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरमा जारी दोस्रो जय दगलसिंह स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विहिवार सम्पन्न पहिलो खेलमा युनिटी स्पोर्ट्स क्लवलाई ५–१ गोल अन्तरले पराजित गर्दै डाँडाबजार फुटवल क्लव सेमिफाइनल प्रवेश गरेको हो । फाइनल प्रवेशको लागि डाँडाबजारले आयोजक सँग आज प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै डाँडाबजारले दोस्रो हाफमा ५ गोल गर्न सफल भएको थियो । डाँडाबजारको जितमा विपिन लिम्बूले ह्याट्रिक गरे । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा कटारी टाइगर फुटवल क्लव उदयपुरले डाँगीहाट फुटवल क्लव उदयपुरलाई शुन्यका विरुद्ध तीन गोलले पराजित ग¥यो । कटारी पनि सेमिफाइनल प्रवेश गरेको छ ।
गतवर्षको विजेता रहेको डाँगीहाट फुटवल क्लव पराजित हुँदै पहिलो खेलवाटै वाहिरिएको छ ।
सेमिफाइनल समिकरण पुरा : गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । आज शुक्रवार सेमिफाइनलका दुई खेल संचालन हुनेछ । पहिलो खेल डाँडाबजार फुटवल क्लव र आयोजक वीच हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल देउराली यूवा क्लव र कटारी टाइगर फुटवल क्लव उदयपुर वीच हुनेछ ।
फाइनल खेल २०८१ सालको पहिलो दिन अर्थात वैशाख १ गते संचालन हुनेछ ।
गोल्डकपको विजेताले नगद १ लाख रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद ५० हजार रुपैया सहित ट्रफी र मेडल पाउनेछ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जनालाई सर्वोत्कृष्ट खेलाडीको रुपमा र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका विशेष सहयोग प्राप्त भएको छ । त्यस्तै देश तथा विदेशमा रहेका सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भइरहेको क्लवका अध्यक्ष रत्नवहादुर राईले बताए ।
खेलको प्रत्यक्ष प्रशारण प्रतियोगिताको अफिसियल मिडिया पार्टनर समेत रहेकाे मेरो गन्तव्य फेसवुक पेजले गरिरहेको छ ।