धनकुटा । आयोजक हात्तिटार स्पोर्टस क्लव दोस्रो जय दगलसिंह स्मृति गोल्डकपं फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुरस्थित हात्तिटार खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा हात्तिटार स्पोर्टस क्लवले सडन डेथमा डाँडाबजार फुटवल क्लवलाई ६–७ गोलअन्तरले पराजित गर्दै फाइनलको स्थान पक्का गरेको हो ।
निर्धारित खेल गोलरहित वरावरीमा टुंगिएपछि फाइनल प्रवेश गर्ने टोलीको छिनोफानो टाइव्रेकरबाट भएको थियो । टाइव्रेकरमा पनि दुवै टिमबाट ३÷३ गोल भएको थियो । त्यसपछि खेल सडन डेथमा धकेलियो । सडन डेथमा आयोजक टिमले वाजी मार्न सफल भयो ।
टाइब्रेकरमा आयोजकको तर्फबाट प्रतिक मगर, विरेन लिम्बु, सिशन लिम्बूले गोल गरे । विशाल लिम्बूको प्रहार डाँडाबजारका गोलकिपर रोशन कार्कीले रोकेका थिए । भने रेशम लिम्बूको प्रहार वाहिरियो ।
त्यस्तै डाँडाबजारको तर्फबाट उमेश राई, दिपेश याखा, मिलन चाम्लिङले मात्रै गोल गरे । विपिन लिम्बूको प्रहार वाहिरिदा सन्दिप लिम्बूको प्रहार वारमा ठोकिएको थियो ।
सडन डेथमा डाँडाबजारका निश्चल श्रेष्ठ, प्रविन भूजेल योगेश लिम्बूले गोल गर्दा सुशन लिम्बूको प्रहार वारमा लाग्दै वाहिरिदा डाँडाबजारको फाइनल पुग्ने लक्ष्य समाप्त भएको थियो । यता आयोजकका शुसिल लिम्बू, खेम विक, नरेन्द्र विक र एलिश गजमेरले गोल गर्दै आफ्नो टिमलाई उपाधी नजिक पु¥याए ।
खेलको म्यान अफ दी म्याच आयोजक टिमका सन्देश याखा घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे ।
त्यस्तै आज सम्पन्न दोस्रो खेलमा कटारी टाइगर फुटवल क्लव उदयपुरमाथि सहज जित निकाल्दै देउराली यूवा क्लव धनकुटा फाइनल प्रवेश गरेको छ । देउरालीले कटारी माथि ४–० गोलको सहज जित निकाल्दै फाइनल पुग्ने दोस्रो टोली वनेको हो । देउरालीको जितमा जीवन मगरले तीन गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । अर्को गोल भने सन्तोष लिम्बूले गरेका थिए ।
उपाधीको लागि आयोजक र देउराली क्लव वीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भोली शनिवार दिउँसो २ बजे हात्तिटार खेल मैदानमा सुरु हुने आयोजक हात्तिटार स्पोर्टस क्लवका अध्यक्ष रत्नवहादुर राईले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद ५० हजार रुपैया सहित ट्रफी र मेडल पाउनेछ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जनालाई सर्वोत्कृष्ट खेलाडीको रुपमा र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका विशेष सहयोग प्राप्त भएको छ । त्यस्तै देश तथा विदेशमा रहेका सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भइरहेको क्लवका अध्यक्ष रत्नवहादुर राईले बताए ।
खेलको प्रत्यक्ष प्रशारण प्रतियोगिताको अफिसियल मिडिया पार्टनर समेत रहेकाे मेरो गन्तव्य फेसवुक पेजले गरिरहेको छ ।