धनकुटा । गतचैत्र २५ गतेदेखि वेपत्ता भएका साँगुरीगढी गाउँपालिका वडा नं. १० का ४४ वर्षीय केशरमान राई मृत अवस्थामा फेला परेका छन् । आफन्तले खोज तलास गर्दै जाने क्रममा सोही वडामा पर्ने साकेरा भीरमा लडि मृत अवस्थामा आज दिउँसो करिव ३ बजे फेला परेका हुन् । उनको शवलाई पोस्टमार्टमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले बताए । प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी घरवाटै हिडी वेपत्ता भएका थिए ।