धनकुटा । चौविसे गाउँपालिका वडा नं. ६ शिखरपुर जारि दोस्रो जय दगलसिंह स्मृति गोल्डकपं फुटवल प्रतियोगिता अन्तर्गत आज फाइनल खेल हुँदैछ । उपाधीको लागि आयोजक हात्तिटार स्पोर्टस क्लव र देउराली यूवा क्लव वीच प्रतिस्पर्धा हुँदैछ । उपाधी भिडन्त रोचक हुने देखिएको छ । आयोजकलाई घरेलु मैदानको साथ छ भने देउराली यूवा क्लवमा नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका पदम भट्टराई र विशाल भण्डारी जस्ता खेलाडी छन् ।
फाइनल खेल आज दिउँसाे २ बजे हात्तिटार खेल मैदानमा हुनेछ ।
हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा हात्तिटार स्पोर्टस क्लवले सडन डेथमा डाँडाबजार फुटवल क्लवलाई ६–७ गोलअन्तरले पराजित गर्दै फाइनलको स्थान पक्का गरेको थियो । भने दोस्रो खेलमा कटारी टाइगर फुटवल क्लव उदयपुरमाथि ४–० गोलको सहज जित निकाल्दै देउराली यूवा क्लव धनकुटा फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैया सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद ५० हजार रुपैया सहित ट्रफी र मेडल पाउनेछ ।प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जनालाई सर्वोत्कृष्ट खेलाडीको रुपमा र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिका विशेष सहयोग प्राप्त भएको छ । त्यस्तै देश तथा विदेशमा रहेका सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भइरहेको क्लवका अध्यक्ष रत्नवहादुर राईले बताए ।
खेलको प्रत्यक्ष प्रशारण प्रतियोगिताको अफिसियल मिडिया पार्टनर समेत रहेकाे मेरो गन्तव्य फेसवुक पेजले गरिरहेको छ ।