धनकुटा । कोप्चे पुर्नरजागरण अभियानको आयोजनामा दोस्रो कोप्चे उत्सव ऐतिहासिक विहिवारे हटियामा शुरु भएको छ । भने वरिष्ठ समाजसेवी श्रीमती रम्भादेवी कर्माचार्यलाई सम्मान गरिएको छ ।
तीन दिनसम्म संचालन हुने उक्त कोप्चे उत्सवको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्घाटन गर्दै सिङ्गो धनकुटा नगरको विकास र समृद्धिका लागी कोप्चे उत्सवले महत्पूर्ण योगदान पुग्ने वताए ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले कोप्चे उत्सवले सवैमा जागरण ल्याउदै आएको वताउँदै कोप्चे उत्सवले कोप्चेलाई पर्यटन उद्योग मार्फत पुर्नस्थापित गराउने वताए ।
कोप्चे पुर्नरजागरण अभियानका अध्यक्ष रिजन पोखरेललको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा समाजसेवी पूर्वडिआईजी दिनेश अमात्य, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, इन्दु प्रधान, ईसिमोडका डा. अनु लामा लगायतले अव धनकुटाको विकास पर्यटन उद्योगबाट चाडै गर्न सकिने वताए ।
कार्यक्रममा स्वागत मन्तव्य धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धनकुमार राईले राखेका थिए ।
धनकुटाको कोप्चेको विकासका लागी समाजिक क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउदै आएकी वरिष्ठ समाजसेवी वसन्त कुमार कर्माचार्यका श्रीमती समाजसेवी रम्भा देवी कर्माचार्यलाई धनकुटा नगरपालिकाका मेयर चन्तन तामाङ्ले सो अवसरमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमको संचालन कोप्चे पुर्नरजागरण अभियानका अभियान्तहरु राम वहादुर श्रेष्ठ र आकृती आठपहरियाले गरेका थिए । बैशाख २ गते सम्म संचालन हुने कोप्चे उत्सवमा साँस्कृतिक प्रस्तुति सहित विभिन्न जातीय खानेकुरा लगायत विभिन्न खानाका स्टलहरु र हस्तकलाका सामाग्रीहरु गरी दुई दर्जन स्टलहरु रहेको कोप्चे उत्सवका अध्यक्ष रिजन पोखरेलले बताए ।