धनकुटा । लोकतन्त्र दिवसको अवसर पारेर धनकुटा वहुमुखी क्याम्पसका पूर्वविद्यार्थीहरुको संस्था अलुम्नाई एशोसिएसन (D-CAAN) ले धनकुटा अस्पतालको विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
अलुम्नाई एशोसिएसन (D-CAAN) धनकुटा वहुमुखी क्याम्पसका उपाध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा र धनकुटा वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख होमवहादुर वस्नेतको प्रमुख आतिथ्यतामा तथा प्रदेशसभाका निर्वतमान सांसद कुसुम कुमारी श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न फलफूल वितरण कार्यक्रममा अस्पतालमा उपचाररत विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको संस्थाका महासचिव राजन पाैडेलले बताए ।
कार्यक्रमको उदेश्यमाथि अलुम्नाई एशोसिएसन (D-CAAN) धनकुटा वहुमुखी क्याम्पसका कोषाध्यक्ष प्राध्यापक डा. यज्ञप्रसाद गुरागाईंले प्रकाश पारेका थिए । धनकुटा वहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेत, संस्थाका अध्यक्ष विजयसन्तोषी राई, प्रदेशसभाका निवर्तमान सांसद कुसुम कुमारी श्रेष्ठ, सहायक क्याम्पस प्रमुखहरु कृष्णगोविन्द अधिकारी, सूर्यदेवप्रसाद यादव, धनकुटा अस्पतालका मेडिकल अधिकृत डा. सुस्मिन कार्की, संस्थाका महासचिव राजन पौडेल, कोषाध्यक्ष डा. यज्ञप्रसाद गुरागाईं, सदस्य खेमराज पौडेल, धनकुटा वहुमुखी क्याम्पसका मुख्य कार्यालय सहायक रमला नेपाल, त्रिवि र्मचारी संघका सभापति लक्ष्मण कार्की, पूर्वविद्यार्थीहरु चन्द्रकला धमला, शान्ति खड्का, नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकार भेषराज कटेल, सचिव हरिबहादुर लम्जेल, सहसचिव ईश्वर थापा लगायतले लोकतन्त्र दिवशको महत्वको वारेमा प्रकाश पार्दै धनकुटा अस्पतालमा उपचाररत विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका थिए ।
धनकुटा वहुमुखी क्याम्पसका पूर्वविद्यार्थीहरुले २०७६ सालमा संविधानसभा सदस्य टिकाराम चेम्जोङको अध्यक्षतामा पूर्वविद्यार्थीहरुको संस्था अलुम्नाई एशोसिएसन (D-CAAN) धनकुटा वहुमुखी क्याम्पस गठन गरेका थिए । गठनपछि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको संस्थाका महासचिव राजन पौडेलले वताए ।